६ विश्वविद्यालयमा उपकुलपति रिक्त

६ विश्वविद्यालयमा उपकुलपति रिक्त

काठमाडौं : उपकुलपति रिक्त मुलुकका ६ वटा विश्वविद्यालय नेतृत्वका लागि दुई सय पचासजना भन्दा बढी आकांक्षी देखिएका छन्। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा आवेदन दिँदै उनीहरूले उपकुलपति नियुक्तिका लागि आफू उपयुक्त पात्र भएको दाबी गरेका छन्। उनीहरूले उपकुलपति भएमा विश्वविद्यालय सुधारका लागि गर्ने कामको योजना समेत पेश गरेका छन्।

शिक्षा मन्त्रालयले उपकुलपतिमा नियक्ति हुने आधारसहित विवरण पठाउन कात्तिक पहिलो साता आह्वान गरेको थियो। आह्वानपछि आवेदन दिनेमा राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्राध्यापक डा.चन्द्रमणि पौडेलदेखि विश्वविद्यालय अनुदान आयोगका सदस्यसचिव प्राध्यापक डा.देवराज अधिकारीसम्म छन्।

आवेदन दिनेमा अमन श्रेष्ठ, उमा श्रेष्ठ, ऋतुप्रसाद गड्तौला, भीमप्रसाद खतिवडा, यादवप्रकाश लामिछाने, कार्तिकेय झा, कृष्णप्रसाद पौडेल, काशीनाथ न्यौपाने, मोहनप्रसाद पोखरेल, श्रीधर शर्मा मजगैया, केशव सुवेदी छन्। यस्तै रमेशप्रसाद शर्मा (ढकाल), जनार्दन लामिछाने, मस्तबहादुर गरञ्जा, यादवराज कोइराला, राजकुमार पोखरेल, श्यामसुन्दर पन्त, मुकुन्दप्रसाद अधिकारी, कालिकाबहादुर अधिकारी, परशुराम मि श्र, जीवनाथ धमला, विष्णुराज उप्रेतीलगायतले पनि उपकुलपतिमा दाबी गरेका छन्।

आवेदन दिनेमध्ये केहीले आफू कुन विश्वविद्यालयको उपकुलपति हुन चाहेको लेखेका छन्। केहीले इमेलमार्फत तथा केहीले मन्त्रालयमै पुगेर विवरण बुझाएका छन्। आवेदन दिनको योग्यता तथा अनुभवबारे मन्त्रालयले अध्ययन गरिरहेको छ।

उपकुलपति नियुक्तिका लागि सम्भावित व्यक्तिको नाम सिफारिस गर्न गठन गरिएको सर्च कमिटीले उनीहरूको विवरण अध्ययन गर्नेछ। तीमध्येबाट योग्यता र अनुभव भएका व्यक्तिलाई उपकुलपति तथा सेवा आयोगको अध्यक्ष र सदस्यमा नियुक्तिका लागि प्रधानमन्त्रीलाई सिफारिस गरिने मन्त्रालयका उच्च शिक्षा महाशाखाका सहसचिव रामशरण सापकोटाले जानकारी दिए।

मन्त्रालयले कात्तिक ७ गते पूर्वाञ्चल, कृषि तथा वन र नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपतिका लागि आवेदन आह्वान गरेको थियो। सोही दिन पूर्वाञ्चल र नेपाल संस्कृत विश्वविद्यालयको सेवा आयोगका अध्यक्ष तथा सदस्यका लागि पनि आवेदन आह्वान गरिएको थियो। यस्तै ९ गते पोखरा, मध्यपश्चिम रसुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिको लागि आवेदन आह्वान भएको थियो।

निजी विद्यालयका प्राचार्यले समेत उपकुलपतिको लागि आवेदन दिएका छन्। ‘हामीले आन्तरिक रूपमा बुझ्दा विद्यालयका प्राचार्य भन्ने जानकारी पाएका छौं। तर व्यक्तिगत विवरणमा यो कुरा उल्लेख नगरेका कारण किटानी गर्न भने मिल्दैन’, मन्त्रालयका एक कर्मचारीले भने। राजनीतिक आस्था तथा उच्च तहमा राजनैतिक सम्बन्ध गाँसेका व्यक्तिलाई मात्र उपकुलपति तथा अन्य पदाधिकारी नियुक्त गर्ने गरेको आरोप सरकारमाथि लाग्ने गरेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.