धरानमा ९९ सय मतदान केन्द्र

धरानमा ९९ सय मतदान केन्द्र

 धरान : आगामी मंसिर १४ गते हुने धरान उपमहानगरपालिकाको मेयर पदको उपनिर्वाचनका लागि ९९ सय मतदान केन्द्र निर्धारण गरिएको छ। २० वडा रहेको धरानका २८ मतदान स्थलमा ९९ निर्वाचन केन्द्र निर्धारण गरिएको हो। 

धरान-१५ रेयूकाईको भवनमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेर  उपनिर्वाचनको सम्पूर्ण काम सुचारु गरिएको धरानका मूख्य निर्वाचन अधिकृत धु्रवकुमार उप्रेतीले जानकारी दिए। निर्वाचन शान्तिपूर्वक रुपमा सम्पन्न गर्नका लागि सबै राजनीतिक दलसँग समन्वय गर्ने उनको भनाइ छ। 

सुनसरीका प्रमुख जिल्ला अधिकारी राजेश पौडेलले धरानको उपनिर्वाचन सफल पार्नका लागि नेपाली सेना, जनपथ प्रहरी र सशस्त्र प्रहरी परिचालन गर्ने बताए। 

२०७५ साल साउन १ गते धरानका तत्कालीन मेयर तारा सुब्बा र धरान ७ का वडाअध्यक्ष भुवन भोक्तानको निधन पश्चात धरानमा दुई पदका लागि मंसिर १४ गते उपनिर्वाचन हुनेछ। उपनिर्वाचनका लागि धरानमा ९२ हजार ८ सय ५३ जना मतदाता रहेका छन्।  धरान ७ मा २ हजार २५ जना मतदाताले मतदाता रहेका छन्। 

कात्तिक २७ गते उम्मेदवारी दर्ता हुने निर्वाचन कार्यालयले जनाएको छ। 

  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.