विप्लवका १६ नेता कार्यकर्ता पक्राउ

विप्लवका १६ नेता कार्यकर्ता पक्राउ

मार्तडी : नेत्रविक्रम चन्द ‘विप्लव’नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्यसहित १६ नेता तथा कार्यकर्ता पक्राउ परेका छन्। 

गौमुल गाउँपालिकामा चन्दा संकलन संगठन विस्तार गरिरहेको सूचनाका आधारमा इलाका प्रहरी चौकी घटमुनाबाट खटिएको  टोलीले नेता तथा कार्यकर्ता पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक उद्धवसिंह भाटले जानकारी दिए। 

गौमुल गाउँपालिका-.३ माझपालीबाट शुक्रबार दिउँसो रोल्पा जिल्ला गंगादेव गाउँपालिका-३ जिनावाङ घर भएका विप्लवका केन्द्रीय सदस्य चुडामणि ओलीसहित १६ जना रहेको भाटको भनाइ छ। 

त्यस्तै जिल्ला बाजुरा त्रिवेणी नगरपालिका-२ छतारा बस्ने डम्मबर सुनार, अछामको ढकारी गाउँपालिका-२ का नरेश शाही, कैलाली घोडाघोडी नगरपालिका-१ का दिपक प्रकाश सुनार रहेको भाटले बताए। 

यस्तै बाजुराको हिमाली गाउँपालिका-१ का अमलाल थापा, सोही ठाउँका धर्मबहादुर थापा, अछाम बिनायक नगरपालिका-८ का उदय कसेरा पक्राउ परेका हुन्। 

सँगै अछामको.ढकारी गाउँपालिका-२ का राजेशकुमार शाही, सोही गाउँपालिका-७ बस्ने डबल बहादुर नेपाली, तुर्माखाद गाउँपालिका-८ बस्ने कृष्ण बिक रहेका छन्। 

बाजुरा हिमाली गाउँपालिका-१ बस्ने धरमसिंह बोहरा,.स्वामीकार्तिक गाउँपालिका-१ बस्ने कुस्मा बिक, सोही गाउँपालिका- १ बस्ने अस्मिता बिक सोही ठाउँ बस्ने सुस्मिता बिक प्रहरी नियन्त्रणमा छन्। 

प्रहरीले अछाम ढकारी गाउँपालिका-२ बस्ने कमला बिक र अछाम मष्टा गाउँपालिका-१ बस्ने १९ की सृष्टी सिंह पक्राउ परेका छन्। उनीहरुमाथि अनुसन्धान भइरहेको भाटले बताए। 

  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.