उपसभामुख तुम्बाहाङफेको सभामुखमा दाबेदारी

उपसभामुख तुम्बाहाङफेको सभामुखमा दाबेदारी

नेपालगन्ज : संघीय संसदको प्रतिनिधिसभाकी उपसभामुख डा.शिवमाया तुम्बाहाङफेले सभामुखमा दाबेदारी रहेको संकेत गरेकी छन् । प्रेस संगठन बाँकेले शनिबार नेपालगन्जमा गरेको पत्रकार भेटघाट कार्यक्रममा उपसभामुख तुम्बाहाङफेले घुमाउरो पाराले दाबेदारी प्रस्तुत गरेकी हुन् । 

उनले भनिन्, ‘उप–सभामुख भएको व्यक्ति सभामुखको हैसियतमा पुग्ने क्षमता र हैसियतमा जानुपर्छ भन्ने हामी सबै उपसभामुखको निष्कर्ष छ । सबैजनामा त्यो क्षमता छ । त्यस्तो वातावरण तयार गरेका छौं ।’

उनले आपूmले चाहना राखेर मात्र नभइ सभामुख बन्ने वा नबन्ने अधिकार भने पार्टी निर्णयबाट हुने पनि बताइन् । उनले मंसिरको दोस्रो वा तेस्रो साता संसदको नियमित अधिवेशन डाकेर सभामुख चयन गरिने उनले जानकारी दिइन् । 

उनले संवैधानिक परिषद्को बैठकले महिला र दलित आयोगका सदस्य र संवैधानिक आयोगका पदाधिकारीबारे छलफल हुने बताइन् । 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.