भारतीय हस्तक्षेप सह्य हुँद

भारतीय हस्तक्षेप सह्य हुँद

ताप्लेजुङ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले सरकार र आफ्नो पार्टी राष्ट्रियताको मुद्दामा दृढ रहेको बताएका छन्। जिल्लास्तरिय प्रशिक्षण कार्यक्रममा सहभागि हुन ताप्लेजुङ आएका श्रेष्ठले कुनै पनि सार्वभौम मुलुकलाई वाह्य हस्तक्षेप सह्य नहुने प्रष्ट पारे। 

‘सार्वभौमसक्ता सम्पन्न मुलुकमा कुनै पनि खालको हस्तक्षेप हुन नदिन सरकार प्रतिवद्ध छ,’ उनले भने,‘राष्ट्रियताका मुद्दामा सबैको सहमति खोजेर अगाडी बढ्छौं।’ 
पश्चिमी सीमा मिचिएको सन्दर्भमा सरकारले पहिलेदेखि नै अडान राख्दै आएको श्रेष्ठको भनाई छ। त्यसलाई समाधान गर्न पहिले पनि परराष्ट्र सचिवस्तरको वार्ता भएको बताउँदै श्रेष्ठले भने,‘कालापानी र लिपुलेक हाम्रो हो, त्यसलाई हरहालतमा नेपाली भूभागको रुपमा स्थापित गरेरै छाड्छौं।’ 

अर्को प्रसंगमा श्रेष्ठले मौलिक हकको कार्यान्वयनका लागि कानुन बनाउन सरकारले पछिल्लो समय खर्चिएको बताए। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.