सीमा नाकामा नेविसंघ र तरुण दलको प्रदर्शन

सीमा नाकामा नेविसंघ र तरुण दलको प्रदर्शन

बैतडी : भारतले नेपालको भूभाग मिचेको विरोधमा बैतडीको झुलाघाट नाकामा प्रदर्शन गरिएको छ। भारतले आफ्नो नक्सामा नेपालको कालापानी, लिपुलेक राखेको विरोधमा नेपाल विद्यार्थी संघ र तरुण दलले शनिबार सीमा नाकामा विरोध प्रदर्शन गरेको हो। 

झुलाघाटमा सडकमा नाराबाजी गर्दै कोणसभा सम्पन्न गरिएको नेपाल विद्यार्थी संघका अध्यक्ष कपील केसीले बताए। उनले भने,‘भारतको मिचाहा प्रवृति हामीलाई सह्य छैन भन्ने सन्देश दिनका लागि हामीले सीमा नाकामा विरोध प्रदर्शन गरेका हौं। सरकारले यो विषयमा गम्भीर भएर कूटनीतिक तवरबाट समस्याको समाधान गर्नुपर्छ।’

नेपाली झण्डा हातमा बोकेका विद्यार्थी र तरुणहरुले नेपालको सीमा क्षेत्र नमिच्न भारतलाई चेतावनीसमेत दिएका छन्। आफ्नो भूमिको रक्षाका लागि नेपालीहरु जागरुक छन् भन्ने सन्देश दिनका लागि आफूहरुले सीमा नाकामा प्रर्दशन गरेको तरुण दल बैतडीका अध्यक्ष महेश भट्टले बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.