डा‌. गोविन्द केसीको समर्थनमा सिठी जुलुस

डा‌. गोविन्द केसीको समर्थनमा सिठी जुलुस

धनबहादुर भण्डारी

डडेल्धुरा : डडेल्धुरामा अनसनरत डा. गोविन्द केसीले उठाएका माग यथाशिघ्र पूरा गुर्नुपर्ने भन्दै सर्वसाधारणले सिठी जुलुस निकालेर बजार परिक्रममा गरेका छन् ।

सरकारले डा. केसीको आन्दोलनलाई महत्व नदिएको भन्दै सांकेतिक रुपमा सिठी जुलुसको आयोजना गरिएको नागरिक समाज डडेल्धुराले जनाएको छ । डा. गोविन्द केसीले उठाएका माग विपन्न र निमुखा जनताका लागि भएको भन्दै डडेल्धुरा र छिमेकी जिल्लाका विभिन्न सघंसस्थाले ऐक्यवद्धता जनाएका छन् ।

शनिबार जिल्ला सदरमुकाम डडेल्धुरामा आयोजना गरिएको सिठी जुलुसमा पनि उनीहरु सहभागी भएका छन् । कैलालीका नागरिक समाजका प्रतिनिधी, प्रध्यापक सघंका प्रतिनिधी र काठमाडौंबाट एचआईभी संक्रमित अभियन्ता आन्दोलनमा सहभागी भएका छन् ।

यस्तै डोटी, कञ्चनपुर लगायत जिल्लाबाट पनि डा. केसीको आन्दोलनमा समर्थन जनाउन सर्वसाधारण आएका थिए । डडेल्धुरा अस्पतालको आकस्मिक कक्षमा अनसनरत डा. केसीको स्वास्थ्य अवस्था भने नाजुक बन्दैगएको अस्पतालका जितेन्द्र्र कंडेलले बताए । अस्पतालमा आईसियुको व्यवस्था नहुँदा जटिल अवस्था सिर्जना हुनसक्ने खतरा रहेको उनले जनाए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.