विदेशी सम्बन्धनका १५ कलेजसँग स्पष्टीकरण

विदेशी सम्बन्धनका १५ कलेजसँग स्पष्टीकरण

काठमाडौं : विदेशी सम्बन्धन लिएका १५ वटा कलेजको अनुमति रद्द गर्न सरकारले प्रक्रिया थालेको छ। मापदण्ड पालना नगरेको, सूचनाको बेवास्ता गरेको, नवीकरण नगरेको तथा धरौटी रकम अध्यावधिक नगरेपछि स्पष्टीकरण सोधिएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ।

मन्त्रालयले तोकेका सर्त पालनामा बेवास्ता गरेकाले यी कलेजको अनुमति रद्द गर्न लागिएको शिक्षामन्त्री गिरिराजमणि पोखरेलको भनाइ छ। यी कलेजले शैक्षिक कार्यक्रम सञ्चालन गर्न मन्त्रालयबाट अनुमति लिने बेला धरौटी रकम बुझाउनुपर्छ। मन्त्रालयको उच्च शिक्षा महाशाखाका अनुसार दुईवर्षे कार्यक्रमका लागि १० लाख र चारवर्षेलाई २० लाख रुपैयाँ जम्मा गर्नुपर्छ। यसबाहेक हरेक वर्ष विद्यार्थी संख्याअनुसार १ हजार ५ सयका दरले शुल्क बुझाएर नवीकरण गर्नुपर्ने व्यवस्था छ। यीमध्ये अधिकांशले कानुनी सर्त पालना गरेका छैनन्।

१२ वटाले बेलायतको क्याम्ब्रिज विश्वविद्यालयबाट ‘ए’ (एड्भान्स) लेभलको अनुमति पाएका थिए। तीनवटाले भने अन्य विषय पढाउने अनुमति लिएका थिए। स्पष्टीकरण सोधिएका कलेजमा एजे वाइल्ड इन्स्टिच्युट अफ एड्भान्स स्टडिज, ब्रिजवाटर इन्टरनेसनल, मल्पी इन्टरनेसनल, क्यापिटल कलेज एन्ड रिसर्च सेन्टर, एभरेस्ट एजुकेसन फाउन्डेसन, काठमाडौं भ्याली, पेन्टागन एजुकेसन नेटवर्क, ओरियन्ट, सरिन भ्याली स्कुल (एपेक्स लाइफ स्कुल), साउथ वेस्टर्न स्टर्न छन्। यिनीहरू काठमाडौंका हुन्। यी कलेजले ‘ए’ लेभल सञ्चालन गर्ने अनुमति लिएको मन्त्रालयले जनाएको छ।

बुटवलका स्काई इन्टरनेसनल र वेस्टर्न मेगालाई पनि स्पष्टीकरण सोधिएको छ। स्काईले एसिया प्यासिफिक युनिभर्सिटी अफ टेक्नोलोजी एन्ड इन्नोभेसनबाट मास्टर्स अफ साइन्स इन इन्फर्मेसन टेक्नोलोजी र मास्टर्स अफ बिजनेस एडमिनिस्ट्रेसनको सम्बन्धन लिएको थियो। वेस्टर्नले मलेसियाको लिंकन युनिभर्सिटी कलेजको सम्बन्धनमा चारवर्षे ब्याचलर अफ होटल म्यानेजमेन्ट र दुईवर्षे एमबीए पढाइ सञ्चालन गर्न अनुमति लिएको थियो।

धनगढीको वेस्टर्न इनटरनेसनल बिजनेस स्कुललाई पनि स्पष्टीकरण सोधिएको छ। उसले डेल्टा इन्टरनेसनल युनिभर्सिटी अफ न्यू ओरलियन्सको सम्बन्धनमा चारवर्षे बीबीए र दुईवर्षे एमबीएको अनुमति लिएको थियो। स्पष्टीकरण सोधिएकामा पोखराका कसमस इन्टरनेसनल र गण्डकी बोर्डिङ हाइयर सेकेन्डरी स्कुल पनि छन्। दुवैले क्याम्ब्रिजको सम्बन्धनमा ‘ए’ लेभलको पढाइ सञ्चालनको अनुमति लिएका थिए। काठमाडौंको ओरियन्ट, बुटवलको स्काई इन्टरनेसनल तथा वेस्टर्न मेगा र धनगढीको डेल्टा इनटरनेसनल कलेज भने सञ्चालनमै रहेको मन्त्रालयले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.