परराष्ट्रमन्त्रीलाई विद्यार्थीको आग्रह : भारतीय सेना फर्काउन पहल गर्नुस्

परराष्ट्रमन्त्रीलाई विद्यार्थीको आग्रह : भारतीय सेना फर्काउन पहल गर्नुस्

काठमाडौं : विद्यार्थीले नेपाली भूमिमा रहेको भारतीय सेना फिर्ता गराउने विषयमा पहल गर्न परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई अनुरोध गरेका छन्। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी(नेकपा) निकट अनेरास्ववियुले मन्त्री ज्ञवालीलाई आइतबार ज्ञापनपत्र बुझाएको हो। 

नेपाली भूमि लिम्पियाधुरा, कालापानी र लिपुलेकलाई समेटेर भारतले नक्सा सार्वजनिक गरेपछि विद्यार्थीहरु आन्दोलनमा उत्रिएका छन्। उनीहरुले यस विषयमा कूटनीतिक माध्यमबाट हल गर्न ज्ञवालीलाई अनुरोध गरे।

विवादमा रहेका सन्धी, सीमा लगायतका विषय हल गर्न गठित इमिनेन्ट पर्सन गु्रप (इपिजी)को प्रतिवेदनलाई दुबै देशका प्रधानमन्त्रीले तत्काल ग्रहण गराउने वातावरण बनाउन विद्यार्थीहरुले आफ्नो ज्ञापनपत्रमा उल्लेख गरेका छन्। 

सीमा वरपरको नेपाली भूमिमा रहेका भारतीय सेना तत्काल फिर्ता गराउनसमेत उनीहरुले माग गरेका छन्। त्यस्तै चीनसँग रहेको सीमा विवादलाई पनि समाधानको लागि पहल गर्न विद्यार्थीले परराष्ट्रमन्त्रीको ध्यानाकर्षण गराएका छन्। ज्ञापनपत्र ग्रहण गर्दै परराष्ट्रमन्त्री ज्ञवालीले प्राविधिक समिति गठन गरेर सीमा तथा भूमिका सम्बन्धमा देखिएको विवाद समाधान गरिने बताएको अनेरास्ववियुकी नेतृ सुनिता बरालले जानकारी दिइन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.