मत माग्दै उम्मेदवार

मत माग्दै उम्मेदवार

दाङ : १४ मंसिर हुने उपनिर्वाचनका लागि दाङका उम्मेदवार मत माग्न गाउँ-गाउँ छिर्न थालेका छन्। उम्मेदवार र राजनीतिक दल गाउँ पुग्दा गाउँ-गाउँमा चुनावी माहोल तात्न थालेको हो । 

दाङ क्षेत्र नम्बर ३ (ख) मा हुने निर्वाचनमा आआफ्नो पक्षमा मत माग्न उम्मेदवारलाई भ्याई-नभ्याई छ। निकै चासोका साथ हेरिएको पश्चिम दाङको उपनिर्वाचनमा नेपाली कांग्रेसले पुराना, त्यागी र जनआन्दोलनमा महत्वपूर्ण भूमिका खेलेका नेता केशवराज आचार्यलाई उम्मेदवार बनाएको छ। 

नेकपाले स्वर्गीय प्रदेशसभा सदस्य उत्तरकुमार वलीकी श्रीमती विमलाकुमारी खत्रीलाई उम्मेदवार बनाएर चुनावी मैदानमा अघि सारेको छ। उत्तरको सम्मानका लागि विमलालाई चुनावमा पठाइएको नेकपाका नेताहरुले बताएका छन। त्यसै गरेर राप्रपाले भुपाल रावत, साझाले शिवकुमार चौधरी र समाजवादी पार्टीले डिल्लीबहादुर डाँगीलाई उम्मेदवारको रूपमा उभ्याएको छ।

निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्दै चुनाव चिह्न प्रदान गरेपछि उम्मेदवार र राजनीतिक दलले चुनावी अभियानमा जुटेका छन्। 

उम्मेदवार गाउँ गाउँमा पसेसँगै जितको पनि आ-आफ्नै दाबी गरिरहेका छन्। ‘यसपटकको निर्वाचनमा कांग्रेसको जित सुनिश्चित छ’, कांग्रेस दाङका सभापति कीर्तिबहादुर खड्काले भने। 

नेकपाका अध्यक्ष टीकाराम खड्काले नेकपाको जित सुनिश्चित रहेको दाबी गरे। नेकपाकै विजयी क्षेत्र भएकाले उपनिर्वाचनमा पनि जित रहने दाबी खडकाको छ। 
  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.