दाङका ६ मतदानस्थल संवेदनशील

दाङका ६ मतदानस्थल संवेदनशील

दाङ : उपनिर्वाचनमा स्थानीय सुरक्षा समितिले निर्वाचन क्षेत्र नम्बर ३ (ख) को ६ वटा निर्वाचन स्थल अतिसंवेदनशील क्षेत्रमा राखेको छ। प्रदेशसभा सदस्य र घोराही उपमहानगरपालिका वडा नं. १६ मा वडा अध्यक्ष पदका लागि निर्वाचन हुँदैछ।

जिल्लाका यी दुई क्षेत्रको निर्वाचनमा ३४ वटा निर्वाचनस्थल छन्। त्यस मध्येका प्रदेशसभा सदस्य पदका लागि हुने ६ वटा निर्वाचन स्थललाई सुरक्षाका दृष्टिकोणले अतिसंवेदनशील क्षेत्रको रूपमा राखिएको छ। 

यातायातको राम्रो पहुँच नभएका, सञ्चारमाध्यमको राम्रो पहुँच नभएका, भौगोलिक कठिनाई रहेका तथा सघन जनसंख्या भएको र विगतको निर्वाचनमा भएका घटनाका आधारमा ती क्षेत्रलाई स्थानीय सुरक्षा समितिले अतिसंवेदनशील क्षेत्रको रूपमा वर्गीकृत गरेको हो।

जिल्ला सुरक्षा समिति संयोजक तथा प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले ती स्थानको अनुगमन गर्नुको साथै सुरक्षा प्रबन्ध मिलाउने प्रक्रिया सुरु भइसकेको जानकारी दिए। स्थानीय प्रशासनले प्रमुख सुरक्षा थ्रेटका रूपमा सरकारद्वारा प्रतिबन्धित नेत्र विक्रमचन्द (विप्लव) समूहलाई लिएको छ। उम्मेदवारी दर्तासँगै निर्वाचनको चहल पहल बढेको भए पनि स्थानीय प्रशासनले त्यसपूर्व नै सुरक्षा रणनीति र सुरक्षाकर्र्मी परिचालनको रणनीति निर्माण गरेर काम सुरु गरेको प्रजिअ रिजालले जानकारी दिए। 

नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना अन्तिम घेरामा रहेर निर्वाचनको सुरक्षा गर्ने गरी सुरक्षा पबन्ध मिलाइएको प्रमुख जिल्ला अधिकारी रिजालले बताए। निर्वाचन अवधिभर पाटीका कार्यालय, उम्मेदवारको घर, उम्मेदवारहरूको प्रचारप्रशारको सम्पर्क कार्यालयहरू, उनीहरूका प्रचार अभियान सञ्चालन हुने ठाउँहरूमा आवश्यकताअनुसार र मागको आधारमा सुरक्षाकर्मी परिचालन हुने जिल्ला सुरक्षा समिति संयोजक रिजालले जानकारी दिए। 
  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.