मृत्यु भएका भारतीयलाई नेपाली नागरिकता माग

मृत्यु भएका भारतीयलाई नेपाली नागरिकता माग

मलंगवा : लुडो खेलमा विवाद हुँदा बिहीबार राति रड हानाहान भयो। त्यसमा सख्त घाइते भएका ३० वर्षीय बिकाउ साहको उपचारका क्रममा शुक्रबार वीरगन्जमा मृत्यु भयो। घाटमा पुर्‍याइएको उनको शव आफन्तले फर्काएर वडा कार्यालयमा ल्याए। अनि उनीहरूले विरोध प्रदर्शन गरे।

दाहसंस्कारअघि उनीहरूका माग छन्-मृतक साहलाई नेपाली नागरिकता दिनुपर्ने, सबै दोषीलाई पक्राउ गरी मुद्दा चलाउनुपर्ने, मृतकका दुई छोराको पालनपोषणको व्यवस्था गर्नुपर्ने। भारतीय नागरिक साह लामो समयदेखि पकडी गोठमा बस्दै आएका थिए।

सर्लाहीको विष्णु गाउँपालिकामा घटना भएको थियो। घाटमा पुर्‍याइसकिएको शव राजनीति गर्ने उद्देश्यले वडा कार्यालयमा ल्याइएको गाउँपालिका अध्यक्ष जवाहरलाल राय यादवको भनाइ छ। ‘व्यक्ति-व्यक्तिबीचको विवादमा भएको घटना वडा कार्यालयमा पुर्‍याउनु नियोजित हो’, उनले भने।

घटनाबारे छलफल गर्न पीडित पक्षलाई प्रहरी कार्यालयमा बोलाउँदा आइतबारसम्म नआएको एसपी गोपालचन्द्र भट्टराईले बताए। घटनामा संलग्न आरोपित स्थानीय सन्तोष झालाई प्रहरीले नियन्त्रणमा लिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.