भ्रमण वर्ष सफल बनाउन बैतडीमा राष्ट्रनिर्माण महोत्सव

भ्रमण वर्ष सफल बनाउन बैतडीमा राष्ट्रनिर्माण महोत्सव

बैतडी : जिल्लाको पञ्चेश्वर गाउँपालिकाले भ्रमण २०२० लाई लक्षित गरेर राष्ट्रनिर्माण महोत्सव सञ्चालन गरेको छ । यही कार्तिक २१ गतदेखि सुरु भएको महोत्सवमा विभिन्न स्टल राखिएको गाउँपालिकाका प्रवक्ता दशरथ मंगोलाले बताए । उनले  पञ्चेश्वर क्षेत्रका मात्रै नभएर जिल्लाका विभिन्न धार्मिक पर्यटकीय क्षेत्रको प्रचारप्रसारका लागि महोत्सव आयोजना गरेको बताए। 

सरकारले घोषणा गरेको भ्रमण वर्ष २०२० लाई सफल पार्न जिल्लाको दुर्गम क्षेत्रमा रहेका धार्मिक पर्यटकीय क्षेत्रको बारेमा सरोकारवालालाई जानकारी गराउन महोत्सवको आयोजना गरिएको गाउँपालिका अध्यक्ष गोरखबहादुर चन्दले बताए । 

उनले भने, 'हामीले बैतडीका धार्मिक तथा पर्यटकीय क्षेत्रको बारेमा स्थानीय सरोकारवाला, सरकारका मन्त्रीलाई जानकारी गराउन महोत्सवको आयोजना गरेका हौं।' महोत्सवको कार्तिक २१ गते परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले उद्दघाटन गरेका थिए । मन्त्री ज्ञवालीले उद्घाटन गरेको महोत्सवमा प्रत्येक दिन प्रदेश सरकारका मन्त्री पनि सहभागी हुँदै आएका छन् ।

महोत्सव केही दिनअघि सहभागी भएका सुदूरपश्चिम प्रदेश सरकारका उद्योग,पर्यटन, वन तथा वातावरण मन्त्री माया भट्टले महोत्सवले धार्मिक पर्यटकीय क्षेत्रको विकासमा सहयोग पुर्‍याउने विश्वास व्यक्त गरिन् । 

उनले भनिन्, 'सुदूरपश्चिम प्रदेश पर्यटकीय सम्भावना बोकेको क्षेत्र हो । यो क्षेत्रमा भएका धार्मिक पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्न सके यो प्रदेश आर्थिक हिसाबले सबल प्रदेश बन्ने छ।'

महोत्सवमै आइतबार पुगेका सुदूपश्चिम प्रदेशका भौतिक पूर्वाधार मन्त्री पठानसिंह बोहराले महोत्सवले भौतिक क्षेत्रको विकासमा टेवा पुर्‍याउने । उनले भने, 'महोत्सवका कारण यो क्षेत्रमा भएका समस्याका बारेमा जानकारी लिन पाइएको छ । समस्या समाधानका लागि प्रदेश सरकारले पहल गर्नेछ।'

मंसीर २ गते सम्म चल्ने महोत्सवमा हरिशशरण महाराजले प्रवचन दिइरहेका छन् । पञ्चेश्वर क्षेत्रमा रहेका पञ्चेश्वर, गणमेश्वर, देवताल लगायतका प्रसिद्ध धार्मिक पर्यटकीय क्षेत्रको प्रचारमा महोत्सवले टेवा पुग्ने गाउँपालिकाले जनाएको छ। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.