कालापानीलाई अहिले नै अन्तर्राष्ट्रियकरण नगरौं : प्रचण्ड

कालापानीलाई अहिले नै अन्तर्राष्ट्रियकरण नगरौं : प्रचण्ड

काठमाडौं : सत्तारुढ  नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले कालापानीको विषय अहिले नै अन्तर्राष्ट्रियकरण गरे समस्या पैदा हुने बताएका छन्। संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै प्रचण्डले सोमबार यस्तो बताएका हुन्।

सीमा विवादको विषयलाई कूटनीतिक रुपमा समाधान गर्नुपर्नेसमेत उनले प्रष्ट पारे। ‘सीमा विवादको विषयलाई अहिले नै अन्तर्राष्ट्रियकरण गरियो भने समस्या पैदा हुन सक्छ', प्रचण्डले थपे,'त्यसैले यो विषयलाई अहिले नै अन्तर्राष्ट्रियकरण गर्ने बेला भएको छैन, यो समस्याको समाधानका लागि राजनीतिक र कूटनीतिक पहल गर्नुपर्छ।'

भारतले सार्वजनिक गरेको नयाँ नक्सामा नेपाली भूभाग पनि परेको विषयमा छलफल आजको बैठकमा समितिले प्रधानमन्त्री केपी ओलीलाईसमेत बोलाएको थियो। तर, उनी बैठकमा उपस्थित हुन सकेनन्। बैठकमा प्रधानमन्त्रीको तर्फबाट भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्रीमा पद्मा अर्याल उपस्थित भएकी छन्।

सीमा मिचिएको विषयमा चारैतिर चर्चा भएपछि स‌ंसदीय समितिले पनि यसमाथि चासो लिएको छ। यसअघि प्रधानमन्त्री ओलीले सर्वदलीय, सर्वपक्षीय बैठक बोलाएर यो विषयमा छलफल गरिसकेका छन्। शनिबार बसेको  सर्वदलीय बैठकले कालापानी-लिपुलेक-लिम्पियाधुरा नेपालकै भूभाग हो भन्ने निष्कर्ष निकालिसकेको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.