डा.केसीलाई अनशन तोड्न शिक्षामन्त्रीको आग्रह
![डा.केसीलाई अनशन तोड्न शिक्षामन्त्रीको आग्रह](https://annapurnapost.prixacdn.net/media/albums/giriraj-mani-pokhrel_20180709132715_20190408110543_xKgEX3RxF5.jpg)
काठमाडौं : शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले अनशनरत डा.गोविन्द केसीलाई अनशन तोड्न आग्रह गरेका छन्। सिंहदरबारस्थित मन्त्रालयमा सोमबार पत्रकार सम्मेलन गर्दै मन्त्री पोखरेलले चिकित्सा शिक्षाको सुधारको लागि उल्लेख्य काम भएकाले अनशन बस्नुको औचित्य नरहेको प्रष्ट पारे।
चिकित्सा शिक्षा सुधारको माग गर्दै डा.केसी विगत ६ दिनदेखि डडेल्धुरामा अनशनरत छन्। ‘चिकित्सा शिक्षामा थुप्रै सुधारका कामहरु भएका छन्, केही काम हुने प्रक्रियामा छन्’, पत्रकार सम्मेलनमा मन्त्री पोखरेलले भने,‘अहिले त केसी ज्यूले चिकित्सा शिक्षा ऐनको कार्यान्वयनका लागि सघाउनुपर्ने हो।’
मुलुक कालापानी, लिपुलेक र लिम्पियाधुरा जोगाउन लागिपरेको बेलामा केसीको अनशन सुहाउँदो नभएको समेत मन्त्री पोखरेलले प्रष्ट्याए।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)