ओपोले डुअल मोड फाइभजी स्मार्ट फोन सार्वजनिक गर्ने
काठमाडौं : विश्वस्तरमै अग्रणी स्मार्ट उपकरण ब्राण्ड ओपोले डुअल मोड फाइभजी स्मार्टफोन सार्वजनिक गर्ने योजना घोषणा गरेको छ । ओपोका चिफ ५ जी साइन्टिस्ट, हेनरी ट्याङले बार्सिलोनामा आयोजित क्वालकम ५ जी 'समिट २०१९' मा गरेको घोषणा अनुसार नयाँ उपकरण,क्वालकमको डुअल मोड फाइभजीबाट सञ्चारित हुनुका साथै यसले स्ट्याण्डअलोन (एसए) र नन्(स्ट्याण्डअलोन (एनएसए) नेटवर्क दुबै सपोर्ट गर्नेछ।
फाइभजी समिटमा ओपोको प्रतिनिधित्व गर्दै विश्वकै अग्रणी प्राविधिक कम्पनीका एक्जेक्यूटिभ्स र आर एण्ड डी प्रिन्सिपल्सका सामु ट्याङले फाइभजीको हालको अवस्था र भविष्यका उत्पादन, उपयोगिता र अर्को पुस्ताको कनेक्टिभिटीद्वारा भविस्यमा प्राप्त हुने अदृतिय अनुभव र सम्भावनाका बारेमा आफ्नो धारणा राखेका थिए।
'ओपोलगायत अन्य औद्योगिक सहपाठीका अथक प्रयासले फाइभजी अपनत्वमा तीब्रता ल्याउन सघाएको छ, 'ट्याङले भने, 'हाम्रो नेक्स्ट जेनरेसन डुअल(मोड फाइभजीअफरिङले, विश्वभरका उपभोक्तालाई फाइभजीको सहज उपलब्धता प्रदान गर्दै अझ बढी उपभोक्तालाई अदृतीय अनुभव प्रदान गर्ने हामीले आशा लिएका छौँ।'
निकट भविष्यमा फाइभजी स्मार्टफोनको ब्यापक प्रयोग हुने विश्वास ब्यक्त गर्दै काठमाडौं ओपोले डुअल मोड फाइभजी स्मार्ट फोन सार्वजनिक गर्ने योजनाको घोषणा गरेको छ । ओपोका चिफ ५ जी साइन्टिस्ट, हेनरी ट्याङले बार्सिलोनामा आयोजित क्वालकम ५ जी समित २०१९ मा गरेको घोषणा गरेका हुन्।
उनका अनुसार नयाँ उपकरण ,क्वालकमको डुअल मोड फाइभजीबाट सञ्चारित हुनुका साथै यसले स्ट्याण्डअलोन (एसए) र नन्(स्ट्याण्डअलोन (एनएसए) नेटवर्क दुबै सपोर्ट गर्नेछ ।