आक्रमणको उजुरीमा मिल्न प्रहरीको दबाव

आक्रमणको उजुरीमा मिल्न प्रहरीको दबाव

विराटनगर : बाली भित्र्याउन जाँदा सांघातिक आक्रमण गर्नेलाई प्रहरीले उन्मुक्ति दिएको पीडितले आरोप लगाएका छन्। विराटनगर –१२ मलहनमा रहेको आफ्नो ४ विगहा जग्गामा लगाएको मासको दाल भित्र्याउन जाँदा स्थानीय मन्जे रिसिदेवका परिवारले सांघातिक आक्रमण गरेको पीडितले बताएका छन्। प्रहरीमा उजुरी दिंदा कारवाही गर्नुको साटो छोडेको आरोप पीडितको छ। 

 
विराटनगरमा पत्रकार सम्मेलन गरेर मोरङको बुढीगंगा गाउँपालिका २ टंकीसिनवारीका दशै रिसिदेवका परिवारले प्रहरीले आक्रमणकारीलाई कारवाही गर्नूको साटो मिल्न दवाव दिएको आरोप लगाए।

दशैका बुवा लटुरन मुसहर (रिसिदेव) ले २०२२ सालमा ४ विगहा जमिन मोहियानी पाएका थिए। लटुरनका छोराहरुले नियमित मोहियानीबापत लाग्ने लागत बुझाउँदै खेती गर्दे आएका छन्। लटुरनका छोरीको परिवारले पनि आधा जग्गा दिनु पर्ने भन्दै आक्रमण गरेका हुन्  ।

लटुरनले दुईवटा श्रीमतीमध्ये जेठी श्रीमतीबाट जन्म भएकी एक मात्र छोरी हुन् पानो देवी। पानो देवीका छोरा मन्जे रिसिदेव, सन्जय रिसिदेव सहित छोरी आशा र बुहारी सुनिताले दशै रिसिदेव सहित उनका छोरा छोरीलाई शनिबार खेतमा बाली भित्र्याउन लागेको बेला आक्रमण गरेका थिए।

दशैले भने, ‘हामी सपरिवार खेतमा काम गरिरहेको बेला उनीहरु आएर एक्कासी आक्रमण गरे।' उनका अनुसार बहिनीका छोरा(भान्जा) मन्जेले आधा मोहियानी जग्गा आमाको नाममा दिनु पर्ने भन्दै कुटपिट गरेका हुन्  ।

लटुरनले जेठी श्रीमती वुदनी रिसिदेवको मृत्यु भएपछि कान्छी श्रीमति सुकरतीय विवाह गरेका थिए। कान्छीबाट अनुरागी रिसिदेव, राजे रिसिदेव, दशै रिसिदेव गरी तीन छोरा छन्। आफु हुँदै बुवाले छोरीलाई १ कठ्ठा जग्गा दिएर तीन दाजुभाईलाई कानुनी प्रक्रिया पुर्‍याएर दिएको जग्गामा आधा जग्गा दिनुपर्ने भन्दै कुटपिट गरेको आरोप पीडित परिवारले लगाएको छ। 

शनिबार कुटपीटले घाइते भएकालाई उपचार गर्न विराटनगरस्थित कोशी अस्पतालमा लगिएको थियो। उपचाररतलाई मन्जेले अस्पताल परिसरमा नै पसेर फेरि कुटपिट गरेको दशैले आरोप लगाएका छन्। 

घाइते  ममता रिसिदेव, ध्रुवनारायण रिसिदेव, रामस्वरुप रिसिदेव र दशै रिसिदेवको टाउकोसहित हात र जिउभरि निलडाम छ। चारै जनाको टाउकोमा टाका लगाइएको छ। कुसमादेवी रिसिदेव, गुलादेवी रिसिदेव, मुसमा, लक्ष्मण रिसिदेव गम्भीर घाइते भएका छन्। दशैका अनुसार उपचार गराएर जिल्ला प्रहरी कार्यालयमा तत्काल उजुरी दिइएको थियो। भोलिपल्ट प्रहरीले मिल्न दवाव दिएको उनले बताए। 

दशैले आक्रमण नरोकिए पनि प्रहरीले कारवाही नगरेको बताए। प्रत्येक वर्ष मन्जे र उनका परिवारले खेतमा लगाएको बाली गुन्डागर्दी शैलीमा क्षति पुर्‍याउँदै आएको स्थानीयको भनाइ छ। स्थानीय रामेश्वर कामतले आफूहरुले नै प्रहरी बोलाएर दशै रिसिदेवको परिवारलाई जोगाएको बताए। 

मोरङ प्रहरीका प्रमुख विश्व अधिकारीले दुवैपक्ष घाइते भएकाले घाउ चेकजाँच गरेर कानुनी प्रक्रिया अनुसार कारवाही अघि बढाउने तयारी भएको बताए।
उनले भने, ‘ठाडो उजुरी आएपछि कुटपिट गर्नेलाई नियन्त्रणमा लियौं, तर अर्को पक्ष पनि घाइते भएकाले उचपार गर्न पठाएका हौं।' कुटपिटमा दुवै पक्षका घाइते भएकाले बुझेर प्रक्रिया बढाउने उनले बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.