कास्की-२का उम्मेदवारको चुनाव चिह्न : किताब, कलमदेखि फूल र मौरीसम्म

कास्की-२का उम्मेदवारको चुनाव चिह्न : किताब, कलमदेखि फूल र मौरीसम्म

पोखरा : कास्की-२मा हुने उपनिर्वाचनका उम्मेदवारले चिह्न पाएका छन्। शंखदेखि डोजर र गुलाबको फूलसम्मका चिह्न स्वतन्त्र उम्मेदवारको भागमा परेको छ। पुराना दलका उम्मेदवारको चिह्न भने उही छ।

२१ मध्ये १० उम्मेदवार स्वतन्त्र छन्। तिनीहरुलाई चिह्न रोज्न निर्वाचन अधिकृतको कार्यालयले मौका दिएको थियो। कसैले पनि रोजेको चिह्न अर्काेसँग नमिलेपछि सजिलै चिह्न वितरण भएको कार्यालले जनाएको छ। 

स्वतन्त्रकै हैसियतमा उम्मेदवारी दर्ता गराएकी विवेकशील नेपाली दलकी जमुना शर्माले गुलाबको फूल चिह्न रोजिन्। संरक्षणकर्मी कमलजंग कुँवरले शंख पाएका छन्। रनबहादुर दमैले डोजर पाए। उमानाथ गौतमले किताब, नवराज बास्तोलाले कलम, लक्ष्मीकुमारी भुजेलले मौरी, दीपक रेग्मीले क्यामेरा, यज्ञप्रसाद पंगेनीले आँप,सुनीलबहादुर कोइरालाले टेबुल, सुनील भुसालले क्रिकेट ब्याट चुनाव चिह्न पाए। 

सत्तारुढ दल नेकपाबाट विद्या भट्टराई (सूर्य), प्रमुख प्रतिपक्षी दल नेपाली कांगे्रसबाट खेमराज पौडेल (रुख), राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रोमबहादुर भण्डारी (गाई), संघीय समाजवादी पार्टीबाट धर्मराज गुरुङ (हत्केला), साझा पार्टीबाट रजनी केसी (तराजु)ले चिह्न पाएका छन्।

नेपाल कम्युनिस्ट पार्टी (माले)का टेकनाथ भण्डारी (हसिया तारा), नेपाली कांग्रेस (बिपी)का तर्फबाट चन्द्रबहादुर रानाभाट (कलश), राष्ट्रिय जनमुक्ति पार्टीका तर्फबाट पूर्णबहादुर राना (घर), देशभक्त समाजका तर्फबाट वीरबहादुर विश्वकर्मा (जरायो), राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)बाट गंगा मल्ल (हलो), मंगोल नेसनल अर्गनाइजेसनबाट रियाज गुरुङ (कुखुराको भाले) ले समेत दलीय चुनाव चिह्न पाएका छन्। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.