कृषिमा कामदार लैजान जापानी टोली नेपालमा

कृषिमा कामदार लैजान जापानी टोली नेपालमा

काठमाडौं : जापानले दोस्रो चरणअन्र्तगत कृषि क्षेत्रमा नेपाली कामदार लैजाने भएको छ । कृषिका विभिन्न क्षेत्रमा कामदार लैजानका लागि जापानले अध्ययन गर्ने भएको हो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टको भेटका क्रममा जापानको कृषि, वन तथा मत्स्यपालनसम्बन्धी  मन्त्रालयका उपमहानिर्देशक ताकामी नाकाडाले नेपालबाट कृषि, मत्स्य तथा खाद्य क्षेत्रमा नेपाली कामदारहरु लैजान इच्छुक रहेको बताए ।

भेटका क्रममा नेपाल र जापानबीच भएको समझदारीअनुसार विभिन्न १४ क्षेत्रमध्ये कृषि क्षेत्रमा जापानलाई चाहिने कामदारको सम्बन्धमा भाषा र सीप परीक्षा छिट्टै सञ्चालन गर्ने विषयमा समेत छलफल भयो ।

जापानका राजदूत मासामिची साइगोले नेपालबाट जापानमा कृषि कामदार लैजान टोलीले अध्ययन अनुसन्धान समेत गर्ने बताए । नेपाल र जापानबीच भएको श्रम समझदारीअनुसार क्रमिक रूपमा कामदारको सीप परीक्षण गरी थप कामदार लैजाने उनले प्रतिबद्वता व्यक्र गरे । जापानले नेपाली कामदारलाई आवश्यक सीपमूलक तालिम प्रदान गर्न जाइकामार्फत सहकार्य गर्न सकिने जापानी प्रतिनिधिमण्डलले उल्लेख गरेको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले नेपाल र जापानबीचको समझदारी कार्यान्वयनको प्रकृयाले अझ तीव्र एवं व्यवस्थित रूपले अगाडि बढ्ने अपेक्षा राखे । नेपालमा कृषिमा आबद्ध जनशक्ति धेरै रहेको उल्लेख गर्दै मन्त्री विष्टले नेपालबाट कृषि सम्बन्धी सीपयुक्त जनशक्तिको आपूर्तिबाट जापान थप लाभान्वित हुन सक्ने बताए । उक्त प्रक्रियाका लागि नेपालले आवश्यक सहयोग गर्न तयार रहेको उनको भनाइ थियो । नर्सिङ केयर गिभर लिने प्रकृयालाई थप  चुस्त एवं गुणस्तरीय र विश्वसनीय बनाउनसमेत उनले अनुरोध गरे ।

जापानले नेपालसहित नौ मुलुकबाट कामदार लैजान प्रक्रिया सुरु गरेको छ । पहिलो चरणमा नर्सिङ केयर गिभरका लागि हालै भाषा परीक्षा सञ्चालन भएको छ । आउँदो डिसेम्बरभित्र भाषा र सीप परीक्षण पूरा गरेर नेपाली कामदार  छनोट गर्ने जापानको तयारी छ । जापान भाषा परीक्षाका लागि विद्युतीय लक्की ड्रमार्फत एक हजार परीक्षार्थी छानिएका थिए । ती मध्ये भाषा परीक्षामा उत्कृष्ट हुने मात्रै जापान जान पाउने छन् ।

छलफलका क्रममा नेपाल  र जापानबीचको श्रम समझदारीलाई अझ प्रभावकारी ढंगले अघि बढाउनुका साथै नीजि क्षेत्रबीच समेत सम्बन्ध स्थापित गर्ने सम्भावनाको बारेमा छलफल भएको थियो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.