हमिदलाई काठमाडौंमा स्वागत (फोटोफिचर)
काठमाडौं : बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद काठमाडौं आइपुगेका छन्। उनी नेपालको चारदिने औपचारिक सद्भावना भ्रमणका लागि मंगलबार मध्यान्न काठमाडौं आइपुगेका हुन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रपति विद्यादेवी भण्डारीले हमिदलाई स्वागत गरेकी हुन्। राष्ट्रपति भण्डारीको निमन्त्रणामा उनी नेपालको राजकीय भ्रमणमा आएका हुन्। विमानस्थलमा उनलाई गार्ड अफ अनर दिइएको थियो।
विमानस्थलबाट होटल सोल्टीमा पुगेर केहीबेर आराम गरेपछि उनी हेलिकोप्टरबाट भक्तपुरको घुमघाममा निस्केका छन्।सडकमा ट्राफिक जाम हुनेभएपछि राष्ट्रपति हमिद हेलिकोप्टरबाट भक्तपुरको भ्रमणमा निस्केका हुन्।