सीमा विवादबारे देउवाको प्रश्न : भारतसँग कुरा गर्न ओलीलाई केले रोक्यो ?

सीमा विवादबारे देउवाको प्रश्न : भारतसँग कुरा गर्न ओलीलाई केले रोक्यो ?

हेटौंडा : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सीमा विवादको विषयमा भारतीय पक्षसँग कुरा नगरेको भन्दै सरकारसँग आपत्ति जनाएका छन् । 

मंगलबार हेटौंडामा आयोजित कांग्रेस केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारले भारतीय पक्षसँग कुरा नगरेको भन्दै आपत्ति जनाएका हुन् । 

‘सीमा विवादबारे भारतसँग तत्काल कुरा गर्न प्रधानमन्त्री केपी ओलीलाई केले रोक्यो ?’, देउवाले सरकारलाई प्रश्न गर्दै भने, ‘कालापानी, लिपुलेक हाम्रो हो भन्न किन नसक्ने ?’ 

कालापानी, लिपुलेक, लिम्पियाधुरा आफ्नो भूमि भएको ऐतिहासिक प्रमाण हुँदा पनि सरकार अनावश्यक विषयमा अल्झिएको आरोप उनको छ । ‘हाम्रो भूमि भएको ऐतिहासिम प्रमाण हुँदाहुँदै सरकार भने अनावश्यक काममा अल्झिएको छ’, उनले भने । सँगै देउवाले सरकारले जनाको काम नगरेको आरोपसमेत लगाए । 

सोही कार्यक्रममा बोल्दै कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपालसँग भएका प्रमाण पेश गरेर भारतसँग सीमा विवादबारे छलफल गर्नुपर्नेमा जोड दिए । ‘सीमा विवादको विषयमा प्रतिपक्षलगायत सबै दलले साथ दिएकाले प्रधानमन्त्री र सरकारको भनाइ र गराई हेर्ने समय आएको छ’, पौडेलले भने, ‘प्रमाण पेश गरेर हामीले समस्या समाधान गर्नुपर्छ ।’ 

कार्यक्रममा कांग्रेस महामन्त्री शशांक कोइरालालगायत शीर्ष नेताले सम्बोधन गरेका छन् । 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.