बंगलादेशी राष्ट्रपति र प्रचण्डबीच भेटवार्ता

बंगलादेशी राष्ट्रपति र प्रचण्डबीच भेटवार्ता

काठमाडौं : चारदिने भ्रमणमा रहेका बंगलादेशी राष्ट्रपति मोहम्मद अब्दुल हमिद राजनीतिक भेटवार्तामा व्यस्त छन्। राष्ट्रपति हमिदले विभिन्न दलका नेतासँग भेट गरेका छन्।

बुधबार बिहान नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले राष्ट्रपति हमिदसँग भेटवार्ता गरेका छन् । प्रचण्डले राष्ट्रपति हमिद बसेको होटल म्यारियटमा पुगेर भेट गरेका हुन्।

यसअघि राष्ट्रिय सभा अध्यक्ष गणेश तिमित्सिनाले राष्ट्रपति हमिदलाई सोही होटलमा भेटवार्ता गरेका थिए । यसैगरी दिउँसो २ बजेतिर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपति हमिदलाई भेट्ने कार्यक्रम तय भएको छ।

यस्तै दिउँसो पौने ३ बजे प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति हमिदसँग भेटवार्ता गर्ने कार्यतालिका रहेको छ। सवा ३ बजे उपराष्ट्रपति नन्दबहादुर पुनले राष्ट्रपति हमिदसँग भेटवार्ता गर्नेछन्।

त्यसपछि दिउँसो ४ :३० बजेतिर राष्ट्रपति हमिद समकक्षी विद्यादेवी भण्डारीलाई भेट्न शितलनिवास जाने कार्यक्रम छ। 

भेटघाटपछि हमिद राष्ट्रपति भण्डारीले दरबारमार्गस्थित होटल याक एण्ड यतीमा आयोजित रात्रिभोजमा सरिक हुनेछन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.