प्यूठानका ३ वडामा ८ जनाको उमेदवारी

प्यूठानका ३ वडामा ८ जनाको उमेदवारी

प्यूठान : ऐरावती गाउँपालिका-१ र २ तथा प्यूठान नगरपालिका-२का उम्मेदवारले मनोनयन दर्ता गराएका छन्। मंसीर १४ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि ३ वडामा ८ जना उमेदवारले बुधबार मनोनयन दर्ता गराएका हुन्। 

प्यूठान नगरपालिका-२मा नेकपाका मूक्ति पोखरेल र नेपाली कांग्रेसका मोहनसिँह विष्टले उम्मेदवारी दिए। नेकपाका पोखरेल पार्टीका जिल्ला सचिवालय सदस्य हुन्। उनी शिक्षक पदबाट अवकाशपछि राजनीतिसँगै उद्यमशिलताको क्षेत्रमा क्रियाशिल छन्।

नेपाल प्रहरीको प्रहरी सहायक निरिक्षक-असई) पदबाट अवकाश पाएका कांग्रेसका उम्मेदवार विष्ट ०७४ को स्थानीय तह निर्वाचनमा उपमेयरको उम्मेदवार थिए। 

तत्कालिन अध्यक्ष खिमबहादुर विष्टको गत वर्ष मंसिरमा निधन भएपछि उक्त वडा एक वर्ष नेतृत्व विहीन थियो। वडामा कुल ३ हजार २१ मतदाता रहेको मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीस विष्णु प्रसाद गौतमले जानकारी दिए। 

त्यस्तै ऐरावती गाउँपालिकाको १ र २ वडामा नेकपाका २ जना उम्मेदवारले स्वतन्त्र रुपमा मनोनयन दर्ता गराएका छन्। पार्टीले टिकट नदिएको भन्दै वडा-१मा अर्जुन थापा र वडा-२मा भिमेस कुमार घर्तीले मनोनयन दर्ता गराए। 

दुबै जनालाई रातभर पार्टीको जिल्ला नेतृत्वले उम्मेदवार नदिन आग्रह गरेपनि उनीहरुले अनुरोध स्वीकारेनन्। पार्टी केन्द्रिय नेतृत्वले राजमोसँग तालमेल गर्न दिएको निर्देशन उनीहरुले अस्वीकार गरेका हुन्। नेकपा प्यूठानको सचिवालय बैठकले ऐरावतीमा आफ्नै उम्मेदवार उठाउने निर्णय गरेपनि पछि राजमोलाई साथ दिएको छ।

निर्वाचन अधिकृत चन्द्रदेव भारतीका अनुसार ऐरावतीका दुईवटै वडामा ६ जनाको उम्मेदवारी परेको छ। नेकपाबाट वडा-१मा दोर्ण प्रसाद पाण्डेले मनोनयन दर्ता गराएका छन्। यस वडामामा राजमोले नेकपालाई सघाउने छ। वडा-२मा राजमोका भक्त बहादुर विश्वकर्माले मनोनयन दर्ता गराएका छन्। नेपाली कांग्रेसबाट वडा-१मा अमर बहादुर रेश्मी र वडा-२मा भुपाल जिसीले उम्मेदवारी दर्ता गराएका छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.