रुरुमा वडाध्यक्षका लागि ३ जनाको उम्मेदवारी

रुरुमा वडाध्यक्षका लागि ३ जनाको उम्मेदवारी

गुल्मी : मंसिर १४ गते हुने उपनिर्वाचमा वडाध्यक्ष पदका लागि ३ जनाले मनोनयन दर्ता गराएका छन् । जिल्लाको रुरुक्षेत्र गाउँपालिका ६ रिमुवाको वडाध्यक्ष पदमा ३ जना उम्मेदवारले मनोनयन दर्ता गराएका हुन् ।

बुधबार मुख्य निर्वाचनको कार्यालय रुरुक्षेत्र ४ बलेटक्सारमा पुगेर उम्मेदवारले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन कार्यालयले जनाएको छ । 

उक्त पदका लागि नेपाली कांग्रेस,नेकपा र एकजना स्वतन्त्र उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । वडाध्यक्ष पदका लागि नेपाली कांग्रेसले वेदप्रसाद दर्लामीलाई उम्मेदवार उठाएको छ भने सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाबाट गिरीप्रसाद सिंजालीले उम्मेदवारी दिएका छन् । यस्तै सोही पदका लागि मनबहादुर दर्लामीले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

निकै तामझाम र पञ्चेबाजासहित आ-आफ्ना दलका जिल्ला र केन्द्रीय नेता कार्यकर्ताको साथमा उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । नेकपाका उम्मेदवार गिरीप्रसाद सिन्जालीसँगै सोही क्षेत्रका सांसद एंव प्रदेश ५ का सदस्य कमलराज श्रेष्ठ, प्रदेश ५ सदस्य दिनेश पन्थी, नेकपाका जिल्ला अध्यक्ष मधुकृष्ण पन्तलगायतका नेता कार्यकता मुख्य निर्वाचनको कार्यालयमा पुगेका थिए। 

यस्तै नेपाली कांग्रेसका तर्फबाट वडाध्यक्ष पदका उम्मेदवार वेद प्रसाद दर्लामीसँगै कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारी,जिल्ला सचिव खिलध्वज पन्थीलगायत जिल्लाका नेता कार्यकर्ता मनोनयन दर्तास्थल पुगेका थिए ।

मनोनयन दर्ताका लागि बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म समय तोकिएको थियो । रुरु क्षेत्र गाउँपालिका ६ रिमुवामा ०७४ मा स्थानीय तहको निर्वाचनमा तत्कालिन नेकपा एमालेबाट निर्वाचित वडाअध्यक्ष पूर्णबहादुर रेगामीको निधन भएपछि सोही वडामा उपनिर्वाचन हुन लागेको हो ।सोही वडामा २ हजार ४८ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय गुल्मीले जनाएको छ ।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.