मालारानी गाउँपालिकामा तीन खनालको उम्मेदवारी

मालारानी गाउँपालिकामा तीन खनालको उम्मेदवारी

सन्धिखर्क : मालारानी गाउँपालिका–३ खनदहमा वडाध्यक्ष पदका लागि तीनै जना खनाल थरका उम्मेदवारको उम्मेदवारी दताए भएको छ । 

वडाध्यक्षका लागि नेपाली कांग्रेसबाट शोभाखर खनाल, नेकपाबाट यमलाल खनाल र राप्रपाबाट रणबहादुर खनालको उम्मेद्वारी परेको मुख्य निर्वाचन अधिकृतको कार्यलय खनदहले जनाएको छ। नेकपा र कांग्रेसले दलबलका साथ र्‍याली गर्दै निर्वाचन कार्यलयमा आएर उम्मेद्वारी दर्ता गरेका थिए। 

उम्मेद्वारी दर्तामा नेकपाका नेता तथा प्रतिनिधिसभाका सदस्य टोपबहादुर रायमाझी, राष्ट्रियसभाका सदस्य चन्द्रबहादुर खड्का, प्रदश सांसदहरु चेतनारायण आचार्य, रामजीप्रसाद घिमिरेलगायतका नेताहरुको उपस्थितिमा नेकपाले उम्मेद्वारी दर्ता गरेको हो। 

कांग्रेसले केन्दी्रय सदस्यहरु तथा प्रतिनिधिसभाका सदस्य मानबहादुर विक, पुस्पा भुसाल, प्रदेश सांसद निर्मला क्षेत्री जिल्ला सभापति विष्णु मुस्कानसहितका नेताहरुको उपस्थितिमा उम्मेद्वारी दर्ता गरायो। 

वडा अध्यक्षको निर्वाचन भए पनि अर्घाखाँचीमा यो निर्वाचनलाइ नेकपा र कांग्रेसले आफ्नो प्रतिष्ठाको लडाइँसंग जोडेका छन्। तत्कालीन एमाले मात्रले जितेको नेकपाले आफ्नो पकड कायम राख्ने तयारीमा छ। आफैँभित्रको कारणले गएको निर्वाचनमा हारेको निष्कर्ष निकालेको कांग्रेसले यो निर्वाचन जित्ने अभियानमा लागेको छ। 

स्थानीय तहको निर्वाचनमा तत्कालीन एमालेबाट निर्वाचित अध्यक्ष जीवनकुमार चौहानको २०७४ को पुसमा रूपन्देहीको सैनामैना नगरपालिकामा पर्ने रानीबगियामा सडक दुर्घटनामा परी निधन भएपछि  उक्त वडा अध्यक्षको पदमा  उपनिर्वाचन हुन लागेको हो। 

  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.