पिपरा गाउँपालिकामा २० जनाको उम्मेदवारी

पिपरा गाउँपालिकामा २० जनाको उम्मेदवारी

जनकपुरधाम : आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि पिपरा गाउँपालिकामा अध्यक्षका लागि २० जनाले मनोनयन दर्ता गराएका छन् । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालबाट निर्वाचित अध्यक्षको मृत्युपछि हुन लागेको महोत्तरीको पिपरा गाउँपालिका अध्यक्षका लागि २० जनाले मनोनयपत्र दर्ता गराएका हुन्।

गाउँपालिकामा हुन लागेको उपनिर्वाचनमा सत्तारुढ नेकपा, प्रतिपक्षी नेपाली कांग्रेससहित राजपा नेपाल, समाजवादी फोरम र डा. सिके राउतको जनमतपार्टीबाट समेत मनोनयन दर्ता गरेको छ ।

उपनिर्वाचनमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी(नेकपा) बाट विक्रम चौधरीले उम्मेदवारी दर्ता गराएका छन् । नेकपाका प्रतिनिधिसभा सदस्य ईन्दु शर्मा र केन्द्रीय सदस्य रामकुमार शर्मालगायतको उपस्थितिमा चौधरीले निर्वाचन कार्यालयमा मनोनयनपत्र दर्ता गराएका हुन् ।

यसअघि २०७४ सालमा भएको स्थानीय तह निर्वाचनमा तत्कालीन नेकपा एमालेबाट उम्मेदवार बनेका चौधरी निकटतम प्रतिद्वन्द्वी हुँदै पराजित भएका थिए । पूर्व एमाले पृष्ठभूमिका चौधरीलाई नेकपाले आगामी उपनिर्वाचनको उम्मेदवार बनाएको छ ।मनोनयनपत्र दर्ता गराउन आएका चौधरीले भने, 'गा‍उँपालिकाका जनताले मेरो कार्यलाई मुल्याङकन गरेकाले विजय बनाउने विश्वाससहित मनोनयन दर्ता गराएको छु, जनताले मलाई विश्वास गरेर विजयी गराउनुहुन्छ।'

नेपाली कांग्रेसबाट बिजय यादवले मनोनयनपत्र दर्ता गराए । गाउँपालिकामा व्याप्त भ्रष्टाचार र कुशासन अन्त्य गर्न आफूले उम्मेदवारी दिएको उनले बताए । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालबाट तत्कालिन गाउँपालिका अध्यक्ष विनोद चौधरीका श्रीमती रविता चौधरी मनोनयन दर्ता गराएका छिन् । उम्मेदवारी दिँदै रविताकुमारीले आफू श्रीमानको सपना पूरा गर्न निर्वाचनमा उम्मेदवारी दिएको प्रतिक्रिया दिए ।

पिपरामा राजपा र समाजवादी पार्टी बीच संयुक्त उम्मेदवारी दिने चर्चा चले पनि समाजवादी पार्टीबाट रामजानकी यादवले मनोनयन दर्ता गराएका छन् । यसअघिको निर्वाचनमा तत्कालीन माओवादी केन्द्रबाट उम्मेदवार बनेका यादव समाजवादी पार्टीका तर्फबाट उम्मेदवारी दर्ता गराएकोहो । उनले गाउँपालिकामा कमिसन तन्त्रको विरोधमा उम्मेदवारी दिएको दाबी गरे । 

यसैगरी डा. सीके राउत नेतृत्वको जनमत पार्टीबाट अंजु यादवले उम्मेदवारी दर्ता गराएका छन् । अञ्जुले सबै पार्टी टेस्टेड भइसकेकाले जनताले आफूलाई विश्वास गर्ने जिकिर गरिन् ।

त्यसैबीच राष्ट्रिय जनमुक्ति पार्टीबाट इशराजुल धुनिया, राप्रपा संयुक्तबाट सुनिल ठाकुर, नेपाल लोकतान्त्रीक पार्टीबाट राजकिशोर यादव, नेपाल जनता पार्टीबाट रमाकान्त झा, इतिहासिक प्रजातान्त्रिक जनता पार्टी शुकराम यादव, राप्रपा नेपालको तर्फबाट श्यामशुन्दर चौधरीले मनोनयन दर्ता गराएका छन् ।

त्यस्तै स्वतन्त्रबाट रामवृज यादव, पुनित अधिकारी, गणेश कुमार यादव, प्रविन चौधरी, प्रदिपकुमार यादव र शैल देवी मण्डलले मनोनयन दर्ता गराएको मुख्य निर्वाचन अधिकृत विष्णु सुवेदीले जनाए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.