बिहीबार बंगलादेशी राष्ट्रपति पोखरामा : रुपाकोटबाट ताल र हिमाल हेर्ने

बिहीबार बंगलादेशी राष्ट्रपति पोखरामा : रुपाकोटबाट ताल र हिमाल हेर्ने

पोखरा : गण्डकी प्रदेश सरकारले बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको पोखरा भ्रमणमा सुरक्षाको भरपर्दाे व्यवस्था मिलाउन प्रदेश र जिल्ला सुरक्षा समितिलाई निर्देशन गरेको छ। 

२६ कात्तिकमा कार्यवहाक मुख्यमन्त्री किरण गुरुङको अध्यक्षतामा बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो। सरकारका प्रवक्तासमेत रहेका भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतका अनुसार राष्ट्रपति हमिदलाई नेपाली कला र शैली अनुसार भव्य स्वागत गर्ने कार्यक्रम छ। 

बंगलादेशी राष्ट्रपति अब्दुल हमिद बिहीबार पोखरा आउँदैछन्। राष्ट्रपति हमिदलाई पोखरा विमानस्थलमा स्वागत गरी फिस्टेल होटलमा दिवाखाना खुवाएर रुपाकोट लैजाने कार्यक्रम छ। 

राष्ट्रपतिलाई नेपाली कला र संस्कृतिअनुसार स्वागत गर्न पोखरा महानगरपालिका र रुपा गाउँपालिकालाई जिम्मा दिएको जानकारी मन्त्री बस्नेतले दिए।

‘रुपाकोटमा नेपाली कला र संस्कृति झल्कने नृत्य र झाँकी प्रदर्शन गर्नका निम्ति पोखरा महानगरपालिका र रुपा गाउँपालिकालाई अनुरोध गर्ने निर्णय भएको छ,’ मन्त्री बस्नेतले भने। 

हिमाल, ताल तलैयाको दृश्यावलोकनका लागि रुपाकोट रिसोर्टमा लगी त्यहाँ राष्ट्रपति हमिदको सम्मानमा नेपाली लोकशैलीको कार्यक्रमसहित त्यहींबाट विदाइ गर्ने कार्यक्रम छ।

विमानस्थलमा राष्ट्रपतिलाई कार्यवहाक मुख्यमन्त्री गुरुङले स्वागत गर्नेछन् भने रुपाकोटमा आन्तरिक मामिला तथा कानुन मन्त्री हरिबहादुर चुमानले स्वागत र विदाइ गर्नेछन्। बंगलादेशी राष्ट्रपतिको पोखरा भ्रमणले यहाँको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास मन्त्री बस्नेतले व्यक्त गरे। 
  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.