थबाङ उपचुनाव : सदस्यबाट राजीनामा दिएर अध्यक्षमा उम्मेदवारी !

थबाङ उपचुनाव : सदस्यबाट राजीनामा दिएर अध्यक्षमा उम्मेदवारी !

रोल्पा : रोल्पाको थबाङ गाउँपालिका–१ का एक वडा सदस्यले पदबाट राजीनामा दिएर वडा अध्यक्षमा उम्मेदवारी दिएका छन्।  वडा सदस्य भद्रकुमार झाँक्रीले सदस्यबाट राजीनामा दिएर बुधबार वडा अध्यक्ष पदका लागि मनोनयन दर्ता गराएका हुन्। उनले गाउँपालिका अध्यक्ष समक्ष मंगलबार राजीनामा दिएका थिए। गाउँपालिका अध्यक्ष वीरबहादुर घर्तीले राजीनामा स्वीकृत भइसकेको बताए। 

२०७४ को स्थानीय तहको चुनावमा स्वतन्त्रबाट सदस्य झाँक्रीले पुनः स्वतन्त्रबाटै उम्मेदवारी दर्ता गराएका छन्। सबै भन्दा पहिला उनले स्वतन्त्रबाट मनोनयन दर्ता गराए्। 

मुख्य निर्वाचन अधिकृत रमेशप्रसाद ज्ञवालीका अनुसार त्यस लगत्तै सत्ताधारी नेकपाका तर्फबाट जनकबहादुर बुढामगर र नेपाली कांग्रेसका कलम रोकाले पनि मनोनयन दर्ता गराएका छन्। 

वडाअध्यक्ष फर्कबहादुर बुढाको मस्तिष्कघातले असार ६ गते निधन भएपछि झाँक्री कार्यबहाहक अध्यक्ष बनेका थिए। ‘स्वतन्त्रबाट विजयी तीन सदस्यको सल्लाह बमोजिम सदस्यबाट राजीनामा दिएर वडा अध्यक्षमा उम्मेदवारी दिएको हुँ’, स्वतन्त्र उमेदवार झाँक्रीले भने।
 
सदस्यबाट राजीनामा दिई अध्यक्षको आकांक्षी बनेका झाँक्रीलाई निर्विरोध निर्वाचित गराउने विषयमा सहमतिको प्रयास भएको छ। बुधबार बिहान नेकपा, नेपाली कांग्रेसका प्रतिनिधि र स्वतन्त्र उम्मेदवारका आकांक्षी झाँक्रीबीच छलफल भएको थियो। सहमतिको टुंगो नलागेपछि तीन जनाको उम्मेदवारी परेको हो। 

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले स्थानीय तहको चुनावमा भाग नलिने नीति लिएका बेला थबाङीले स्वतन्त्रबाट चुनावमा भाग लिएका थिए। 

नेपाली कांग्रेससँग गठबन्धन गरी चुनावमा भाग लिएका बेला १ नम्बर वडामा स्वतन्त्र प्यानल नै विजयी भएको थियो। ५ वडा रहेको थबाङ गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष र चार वडामा तत्कालीन माओवादी केन्द्र प्यानल नै विजयी भएको थियो। 

विप्लव नेतृत्वको नेकपाको चुनावमा भाग नलिने नीतिविरुद्ध थबाङी कार्यकर्ताले चुनावमा भाग लिएको भन्दै पार्टीले कारबाहीसमेत गरेको थियो। 
ि
वप्लव नेकपाको नीति बमोजिम नभई थबाङको सापेक्षतामा पुनःस्वतन्त्र उमेदवारी दिएको झाँक्रीको दाबी छ। ‘विप्लव नेकपाको कार्यकर्ताको हैसियतले होइन, स्वतन्त्रको रुपमा चुनावमा भाग लिएको छु। पार्टीको उमेदवारी भन्नु गलत हो’, झाँक्रीले भने। 

२०७४ को चुनावमा स्वतन्त्रबाट झाँक्री ३ सय ५८ मतसहित विजयी भएका थिए। पूर्वमाओवादी केन्द्रका चयन पुनमगर दुई सय ५६ मतसहित पराजित भएका थिए। 

विगतको मत परिणामलाई आधार मान्ने हो भने १ नम्बर वडामा स्वतन्त्र मत बलियो देखिन्छ। १ नम्बर वडामा महिला ६ सय ९१ र पुरुष ५ सय ८३ गरी १ हजार २ सय ७४ मतदाता रहेको निर्वाचन कार्यालयले जनाएको छ।

कार्तिक ३० गतेसम्म उमेदवारी फिर्ता लिने समय भएकाले सहमतिका लागि प्रयास जारी राख्ने सत्ताधारी नेकपाको नेताको तयारी छ। ‘सहमतिको प्रयास अझै जारी छ’,  ५ नम्बर प्रदेश सांसद दिपेन्द्रकुमार पुनले भने। 

सहमति भयो भने नेकपा र नेपाली कांग्रेसका उमेदवारले मनोनयन फिर्ता लिनेछन्। सहमति नभए स्वतन्त्र उम्मेदवारले उम्मेदवारी फिर्ता लिने देखिएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.