घोराही उपनिर्वाचन : अध्यक्षका लागि ७ जनाको उम्मेदवारी
दाङ : घोराही उपमहानगरपालिका १६ मा अध्यक्ष पदका लागि आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि बुधबार उम्मेदवारी दर्ता भएको छ । बिहान १० देखि दिउँसो १ बजेसम्म वडाध्यक्ष पदका लागि ७ जना प्रतिस्पर्धीले उम्मेदवारी दर्ता गराएका हुन् । राजनीतिक दलका ५ र २ स्वतन्त्र गरी ७ जनाले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
नेपाल कम्युनिस्ट पार्टी नेकपाका सुरेशबहादुर केसी, नेपाली कांग्रेसका ताराबहादुर डिसी, सामाजबादी पार्टीका विमला पुन, राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रकाश केसी र मंगोलनेशनलका तर्फबाट पहलमान आलेमगरले उम्मेदवारी दर्ता गराएका छन् ।
त्यस्तै, स्वतन्त्रका तर्फबाट जगलाल चौधरी र समिर वलीले उमेद्वारी दर्ता गराएको निर्वाचन अधिकृत प्रेम खड्काले जानकारी दिए । नेकपाबाट बागी परेको छ । चौधरी नेकपाका नेता हुन्।
उम्मेदवार बाजागाजासहित उम्मेदवारी दर्ता गर्न निर्वाचन अधिकृतको कार्यालयमा पुगेका थिए।