कपिलवस्तुमा उपनिर्वाचन : वडाध्यक्ष लागि ५ स्वतन्त्रसहित १२ जनाको उम्मेदवारी
कपिलवस्तु : शिवराज नगरपालिका १० मा हुने उप निर्वाचनमा वडाध्यक्षका लागि ५ स्वतन्त्र र ७ राजनैतिक दलका उम्मेदवारसहित १२ जनाले उम्मेदवारी दर्ता गराएका छन्। जिल्ला निर्वाचन कार्यालयका अनुसार नेकपाका तर्फबाट अदालत मनिहार, नेपाली कांग्रेसबाट देवराज भारती, समाजवादी पार्टीबाट तिरथबहादुर राजमाझी, सिके रावत नेतृत्वको जनमतपार्टीबाट मोहम्मद हमिदगद्दी, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट बलभद्र मिश्रा, राष्ट्रिय जनतापार्टीबाट मन्जु मिश्र, राप्रपा संयुक्तबाट नुर मोहम्मद मनिहारले उम्मेदवारी दिएका छन् ।
यसैगरी रामप्रसाद कोरी, मोहम्मद रफिकमनिहार, शिवभक्त ठाकुर नाऊ, शिव नारायणकुर्मी र शिवलाल यादवले स्वतन्त्र उम्मेदवारी दर्ता गराएको जिल्ला निर्वाचन अधिकारी अयोध्याप्रसाद भण्डारीले बताए ।