सर्लाहीमा वडाध्यक्षका लागि सातजनाको उम्मेदवारी

सर्लाहीमा वडाध्यक्षका लागि सातजनाको उम्मेदवारी

मलंगवा :  सर्लाहीको हरिपूर्वा नगरपालिकामा आगामी मंसिर १४ गते वडाध्यक्षका लागि हुने उपनिर्वाचनका लागि सातजनाको उम्मेदवारी परेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । निर्वाचन आयोगले प्रकाशित गरेको निर्वाचन कार्यतालिका अनुसार बुधबार ७ जनाले मनोनयन पत्र दर्ता गराएका छन् । दुईजना स्वतन्त्रसहित सातजनाको उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृत कृष्णराम कोइरालाले जानकारी दिए।

उम्मेदवारमा नेपाली कांग्रेसको तर्फबाट रामपृत पासवान, नेपाल कम्युनिस्ट पार्टी नेकपाको तर्फबाट दोस मोहम्मद अंसारी, राष्ट्रिय जनता पार्टी (राजपा) नेपालबाट रामविश्वास राय, समाजवादी पार्टीबाट श्यामबाबु राय, सिके राउत नेतृत्वको जनमत पार्टीबाट दिनेश राय यादव तथा मनोजकुमार राय र मनोजकुमार यादवले स्वतन्त्र उम्मेदवार मनोनयन दर्ता गराएका हुन् ।
 

२०७४ को स्थानीय तह निर्वाचनमा विजयी वडाध्यक्ष इसाक अंसारीको गत वर्ष निधन भएपछि हरिपूर्वा नगरपालिका १ मा उपनिर्वाचन हुन लागेको हो । निर्वाचन हुन लागेको वडामा एक हजार ३ सय ५६ जना मतदाता रहेका छन् । मतदाताले हरिपूर्वा १, स्थित वडा कार्यालयमै रहने दुई मतदान केन्द्रबाट नयाँ वडाध्यक्ष चयनका लागि मतदान गर्ने निर्वाचन कार्यालयले जनाएको छ । 

नेकपाबाट उम्मेदवारी दिने दोस मोहम्मद अंसारी निधन भएका वडाध्यक्ष इसाक अन्सारीका छोरा हुन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.