इन्द्रावती गाउँपालिका वडा निर्वाचन : पाँच उम्मेदवार मैदानमा

इन्द्रावती गाउँपालिका वडा निर्वाचन : पाँच उम्मेदवार मैदानमा

इन्द्रावती : इन्द्रावती गाउँपालिका-८ को वडाध्यक्ष पदका लागि हुन लागेको उपनिर्वाचनमा दुई ठूला दलसहित पाँच जनाले मनोनयन दर्ता गराएका छन्। मंसिर १४ गते हुने उपनिर्वाचनमा नेकपा र नेपाली कांग्रेससहित पाँच राजनीतिक दलका उमेदवारले बुधबार मनोनयन दर्ता गराएका हुन्। 

निर्वाचनमा प्रतिस्पर्धा गर्न नेकपाका तर्फबाट केदारनाथ आचार्य र नेपाली कांग्रेसका राले तामाङ (अशोक) ले तामझामका साथ मनोनयन दर्ता गराएका छन्। त्यसैगरी राप्रपाका रणबहादुर तामाङ, राप्रपा संयुक्तका ढकबहादुर श्रेष्ठ र संघीय समाजवादी पार्टीका प्रकाश श्रेष्ठले मनोनयन गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

यसअघि वडाअध्यक्षमा निर्वाचित नेपाली कांग्रेसका धनबहादुर श्रेष्ठको मृत्युपछि रिक्त स्थानमा उपनिर्वाचन हुन लागेको हो। श्रेष्ठसँगै तत्कालीन नेकपा माओवादीका तर्फबाट प्रतिस्पर्धा गरेका आचार्य नेकपाका उम्मेदवार बनेका छन्। जिल्लाको एकमात्र स्थानमा हुन लागेको उपनिर्वाचनमा मनोनयन दर्ता गराउन नेकपा र कांग्रेसका जिल्लाका शीर्ष नेता इन्द्रावती पुगेका थिए। 

दुबै उम्मेदवार पार्टीका नेता कार्यकर्ताको साथमा तामझामका साथ मनोनयन दर्ता गर्न पुगेका हुन्। 

  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.