प्रदेश १ मा उम्मेदवारी दर्तासँगै दलहरूको शक्ति प्रदर्शन

प्रदेश १ मा उम्मेदवारी दर्तासँगै दलहरूको शक्ति प्रदर्शन

विराटनगर : प्रदेश १ को दशवटा स्थानतहमा हुने उपनिर्वाचनका लागि बुधबार सबै स्थानमा उमेदवारको मनोनयन दर्ता भएको छ। सुनसरी, पाँचथर, संखुवासभा, मोरङ, भोजुर र खोटाङका दश स्थानमा हुने उपनिर्वाचनका लागि प्रतिश्प्रधी उमेदवारले मनोनयन दर्ता गरेका हुन्।

सुनसरीको धरान उपमहागरपालिकाको प्रमुख, पाँचथरको फाल्गुनन्द गाउँपालिकाको अध्यक्ष, संखुवासभाको मकालु गाउँपालिकाको अध्यक्ष पदका लागि उपनिर्वाचन हुँदैछ। त्यसबाहेक वडाध्यक्षका लागि पाँचथरको फिदिम नगरपालिका–१, हिलिहाङ्ग गाउँपालिका–७, मोरङको घनपालथान गाउँपालिका २, सुनसरीको धरान उपमहानगर–७, संखुवासभा खाँदवारी नगरपारिका–३, भोजपुरको पौवादुङ्मा गाउँपालिका–१ र खोटाङको साकेला गाउँपालिका ३ मा निर्वाचन हुँदैछ।

सुनसरीको धरानमा मोयरका लागि २३ र वडाध्यक्षमा ४ जनाले उम्मेदवारी दर्ता गरेका छन्। बुधबार प्रमुख राजनीतिक दल नेकपा, कांग्रेस, समाजवादीलगायतका दलको तर्फबाट १३ र स्वतन्त्र १० गरी २३ जनाले उम्मेदवारी दर्ता गरेको सुनसरीका मुख्य निर्वाचन अधिकृत राधाकृष्ण उप्रेतीले जानकारी दिए। मेयर पदका लागि नेकपाका तर्फबाट प्रकाश राई कांग्रेसका तिलक राई, समाजवादीका गजेन्द्रबहादुर लिम्बू, संघीय लिम्बुवान मञ्च नेपालका अमर इजम र साझा पार्टीका राजनकुमार श्रेष्ठले उम्मेदवारी दर्ता गराएका हुन्।

 
उम्मेदवारी दर्ताका लागि नेकपा र काग्रेसले शक्ति प्रदशेनसमेत गरेका थिए। धरान १५ स्थित रेयुकाई भवनमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बाजा–गाजासहित दुवै दलका कार्याकर्ताहरू नारा जुलससहित उम्मेदवारी दर्ता गर्न उपस्थित भएका थिए। नेकपाका प्रदेश इन्चार्ज भीम आचार्यलगायत केन्द्रीय नेताहरूसहित प्रकाश राई निर्वाचन कार्यालयमा उपस्थित भएका थिए। काग्रेस उपसभापति विजयकुमार गच्छदारसहितका नेताको उपस्थितिमा तिलक राईले धरानको मेयर पदका लागि उम्मेदवारी दर्ता गराए। 

त्यस्तै, धरान उपमहानरपालिका ७ को रिक्त वडाध्यक्षका लागि नेकपाका जीवनराज सुवेदी, कांग्रेसका सुवर्णमोहन पलिखे, संघीय लिम्बुवान मञ्चकी निता राई, राप्रपाका दिनेश शाक्यले उमेदवारी दर्ता गराएका छन्। धरानका तत्कालीन मेयर तारा सुब्बा र वडा नम्बर ७ का भुवन भोक्तानको निधन भएपश्चात दुई पद रिक्त भएको थियो।

संखुवासभाको मकालु गाउँपालिका अध्यक्षमा सात दलले उम्मेदवारी दर्ता गराएका छन्। अध्यक्ष पदमा नेकपा र नेपाली कांग्रेससहितका सात दलले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृत तिलकबहादुर कार्कीले बताए। कार्कीका अनुसार नेकपाका तेजबहादुर पोख्रेल, कांग्रेसका विमन पराजुली, समाजवादी पार्टी नेपालका नुर्वु शेर्पा, संघीय लोकतान्त्रिक मञ्चका कविता राई, राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) मानबहादुर विक, राष्ट्रिय प्रजातन्त्र पार्टीका मेघनाथ राईलगायतले अध्यक्ष पदका लागि मनोनयन दर्ता गरेका छन्।

 गाउँपालिका अध्यक्ष खड्ग कटुवालको सवारी दुर्घटनामा मृत्यु भएपछि रित्त अध्यक्ष पदमा उपनिर्वाचन हुन लागेको हो। कटुवालको २०७४ पुस ३० गते मृत्यु भएको थियो।

यस्तै, खाँदबारी नगरपालिका ३ को वडाध्यक्षको पदमा नेकपा र कांग्रेसले मात्र उम्मेदवारी दर्ता गराएको छ। वडाध्यक्षको रित्त पदमा भरतकुमार घिमिरे र नेपाली कांग्रेसले विक्रम गुरुङले मुख्य निर्वाचन अधिकृतको कार्यलय खाँदबारीमा उम्मेदवारी दर्ता गराएका हुन्। तत्कालीन नेकपा एमाले विजयी भएको वडा नम्बर ३ मा यसपटक दुई पार्टीबीच प्रतिस्पर्धा हुन लागेको होे। खाँदबारी ३ का वडाध्यक्ष तोयानाथ ढुंगानाको २०७४ फागुन १३ गते हृदयाघातका कारण मृत्यु भएको थियो।

पाँचथरको फाल्गुनन्द गाँउपालिकाको अध्यक्ष पदका लागि आठ जनाले उम्मेद्वारी दर्ता गराएका छन्। फिदिम नगरपालिका १ को वडाध्यक्षका लागि सात र हिलिहाङ गाँउपालिका ७ को वडाध्यक्षका लागि छ जनाले उम्मेद्वारी दर्ता गरेका हुन्। उम्मेद्वारी दर्ता गर्दा कांग्रेस र नेकपाले ठूलै तामझाम देखाए। दुई पार्टीले जिल्लाभरको शक्ति फाल्गुनन्दमा केन्द्रित गरेका थिए।

नेकपा, काग्रेस र अन्य दलको उम्मेद्वारी दर्ता गर्ने तालिका तय भए पनि नेकपाले उम्मेद्वारी दर्ता गराउन ढिलो गरेपछि सुरुमा अन्य दलले उम्मेद्वारी दर्ता गराए। कांग्रेसले उम्मेद्वारी दर्ता गराउन जुलुससहित निर्वाचन अधिकृतको कार्यालय पुगेपछि नेकपाको जुलुस पनि सोही ठाँउमा पुगेको थियो। एउटै मैदानमा दुई दलका कार्यकर्ताले नारा लगाए। नारासहित दुई दलका उम्मेदवारले मनोनयनपत्र दर्ता गराए। 

फाल्गुनन्दको  अध्यक्षमा  कांग्रेसबाट बृहजहाङ आङ्देम्बे, नेकपाबाट वीरबहादुर कुरुम्बाङ,  राप्रपाबाट सशुहाङ चेम्जोङ, मंगल नेशनल अर्गनाइजेशनबाट उदय सुनुवार, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट जीतेन चेम्जोङ, राप्रपा (संयुक्त) बाट मोतिप्रसाद लिम्बू र समाजवादी पार्टीबाट विमला आङ्देम्बेले उम्मेद्वारी दर्ता गराएको निर्वाचन अधिकृत नवराज दुलालले जानकारी दिए। 

फिदिम नगरपालिका १ को वडाध्यक्षका लागि नेकपाबाट गजाधर भट्टराई, कांग्रेसबाट सुवराज थापा, राप्रपा (संयुक्त) कल्पना राई, समाजवादी पार्टीबाट गौरव लामा, राप्रपा (लोकतान्त्रि)बाट जानुका थाम्सुहाङ, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट वीरबहादुर केरुङ र राप्रपाबाट मिलन गिरीले उम्मेद्वारी दार्ता गराएको मुख्य निर्वाचन अधिकृत मोहनराज भट्टराईले जानकारी दिए। 

यस्तै, हिलिहाङ गाउँपालिका ७ को वडाध्यक्षका लागि नेकपाबाट गेहनाथ रिजाल, कांग्रेसबाट तिलविक्रम इधिङ्गो, राप्रपा (संयुक्त)बाट मुक्तिनाथ खनाल, समाजवादी पार्टीबाट भुवानीप्रसाद लिम्बू, राप्रपाबाट तुलप्रसाद लिम्बू र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट धन बहादुर थाम्सुहाङले उम्मेद्वारी दिएका हुन्। दुई वडाध्यक्ष र एक गाँउपालिका अध्यक्षका लागि कांग्रेस र नेकपाका उम्मेद्वारबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ।

मोरङको धानपालथान गाउँपालिका २ को वडाध्यक्ष पदका लागि ७ जनाले उम्मेदवारी मनोनयन दर्ता गरेका छन्। नेपाली कांग्रेस र समाजवादी फोरमको संयुक्त प्यानलबाट नारायणप्रसाद साह, नेकपाबाट पंकज कुमार मण्डल, राजपाबाट चन्दानन्द  मण्डल, मंगोल अर्गनाइजेसनबाट मेघनाथ पासवान, जनमत पार्टीबाट चनरादेवी मण्डल, राप्रपा संयुक्तबाट ज्योेति पासवान र नेपाल लोकतान्त्रिक पार्टीबाट देवनारायण मण्डलले मनोनयन दर्ता गराएको मुख्य निर्वाचन अधिकृत राजेन्द्र अधिकारीले जानकारी दिए। एमालेबाट निर्वाचित  वडाध्यक्ष बलराम भगतको २०७५ जेठ २४ गते सर्पले डसेर मृत्यु भएको थियो। 

खोटाङको साकेला गाउँपालिका ३ खिदिमाको रित्त वडाध्यक्ष पदमा हुने निर्वाचनका लागि चार जनाको उम्मेदवारी परेको छ। नेकपाकी शिवकला राई, कांग्रेसका शुक्रबहादुर तामाङ, समाजवादी पार्टीका रमेश राई र राप्रपाका इन्द्रबहादुर खड्काले मनोनयन दर्ता गरेका हुन्। 

उनीहरूले साकेला गाउँपालिकाको केन्द्र मात्तिमको मानेभन्ज्याङमा स्थापना गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बुधबार मनोनयन दर्ता गराएको जिल्ला निर्वाचन अधिकारी प्रमुख कोपिला राईले बताइन्। उनका अनुसार तत्कालीन नेकपा एमालेबाट वडाध्यक्षमा निर्वाचित मणिकुमार राईको गत वैशाख ९ गते मृत्युपछि उपनिर्वाचनमार्फत अर्को वडाध्यक्ष चयन गर्न लागिएको हो।

भोजपुरको पौवादुङ्मा गाउँपालिका १ श्यामशिलाको वाडाध्यक्ष पदका लागि ३ राजनीतिक दलबाट उम्मेदवारी परेको छ। पौवादुङ्मा गाउँपालिका च्यांग्रेस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा नेकपाबाट जीतेन राई, नेपाली कांग्रेसबाट समरबहादुर कार्की र मंगोल नेशनल अर्गनाइजेसनबाट कला राईले आफ्नो उम्मेदवारी दर्ता गराएका छन्। नेपाली कांग्रेसबाट वडाध्यक्षमा निर्वाचित रुद्रबहादुर पाण्डेकोे ७२ वर्षको उमेरमा गत श्रावण १९ गते निमोनियाका कारण निधन भएपछि उक्त वडा प्रमुखविहीन बनेको थियो। 

(धरानबाट रत्नप्रसाद आचार्य, संखुवासभाबाट अनिष विष्ट, पाँचथरबाट भीमकुमार बाँस्कोटा, विराटनगरबाट जीतेन्द्रनारायण ठाकुर, भोजपुरबाट प्रदीपचन्द्र राई) 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.