बैतडीमा तीन वडाध्यक्षका लागि उम्मेदवारी दर्ता
बैतडी : १४ मंसिरमा हुने उपनिर्वाचनमा बैतडिमा ३ वडाअध्यक्षका लागि उम्मेदवारी दर्ता भएको छ ।
जिल्लाको सूर्नया गाउँपालिका–१, दोगडाकेदार गाउँपालिका–४ र पुर्चौंडी नगरपालिका–४ को वडाध्यक्ष पदका उम्मेद्वारले मनोनयन दर्ता गराएको मुख्य निर्वाचन अधिकृत ईश्वरीप्रसाद भण्डारीले जानकारी दिए ।
सूर्नया गाउँपालिका–१ को अध्यक्ष पदका लागि दुईजनाको उम्मेद्वार परेको छ । नेकपाबाट धनबहादुर चन्द र नेपाली कांग्रेसबाट गजेन्द्रबहादुर चन्दको मनोनयन दर्ता भएको हो ।
यस्तै दोगडाकेदार गाउँपालिका–४ को वडाध्यक्ष पदका लागि तीनजना उम्मेद्वारको मनोनयन दर्ता भएको निर्वाचन अधिकृतको कार्यालय दोगडाकेदारले जनाएको छ । नेकपाबाट नरेन्द्रप्रसाद भट्ट, नेपाली कांग्रेसबाट सुरेन्द्रप्रसाद भट्ट र राप्रपा (संयुक्त)बाट देवसिंह खत्रीको उम्मेद्वारी दर्ता भएको निर्वाचन अधिकृत टेकबहादुर थापाले जानकारी दिए ।
सूर्नया गाउँपालिका–१ को वडाध्यक्ष पदमा मनोनयन दर्ताका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा जाँदै कांग्रेसका नेता कार्यकर्ता । तस्बिर : भगीरथ अवस्थी