बडिगाड-२ को अध्यक्षमा तीनजनाको उम्मेदवारी

बडिगाड-२ को अध्यक्षमा तीनजनाको उम्मेदवारी

बागलुङ : जिल्लाको बडिगाड गाउँपालिका-२ को वडाध्यक्षमा तीनजनाको उम्मेदवारी परेको छ। नेकपाबाट ढालप्रसाद शेरचन, नेपाली कांग्रेसबाट र समाजवादीबाट हरिलाल रानाको उम्मेदवारी परेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। 

नेकपाका उम्मेदवार शेरचनलाई राष्ट्रिय जनमोर्चाको समर्थन छ।  शेरचनको प्रस्तावकमा खगिश्वर अर्याल र समर्थकमा राष्ट्रिय जनमोर्चाका प्रेमबहादुर पुन रहेका छन्। कांग्रेसका उम्मेदवार डिलबहादुर रानाको प्रस्तावकमा होसियारसिंह थापा र समर्थकमा प्रेमलाल अर्याल रहेका छन्। समाजवादी पार्टीका उम्मेदवार रानाको प्रस्तावकमा शिवबहादुर थापा, समर्थकमा खगी राना रहेको अधिकृत धुव्र ढकालले जानकारी दिए।

यो वडामा एक हजार सात सय ४२ मतदाता छन्। यो वडा तत्कालीन वडाध्यक्ष विष्णुप्रसाद भुसाल जिल्ला समन्वय समितिको उपप्रमुख भएकाले उपनिर्वाचन गर्न लागिएको हो। 

  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.