जनकपुरमा राप्रपाको जानकी-बुद्ध रथ यात्रा
जनकपुरधाम : राष्ट्रिय प्रजातान्त्रिक पार्टी संयुक्तले जनकपुरधामस्थित जानकी मन्दिरबाट जानकी बुद्ध रथ यात्रा निकालेको छ । नेपाललाई सनातन सर्वधर्म सापेक्ष हिन्दु राष्ट्र कायम गर्न धार्मिक एवं ऐतिहासिक तथा पूरातात्विक नगरी जनकपुरधाम स्थित जानकी मन्दिरबाट जानकी बुद्ध रथ यात्रा गर्न लागेको हो ।
नेपालको धर्म र संस्कृतिमाथि प्रहार गरी धर्म निरपेक्षता घोषणा गरेकाले चरणबद्ध यात्राको आरम्भ गरेको गर्न लागेको अध्यक्ष पशुपति शम्शेर जबरा बताए । उनले भने, 'संसारमै हिन्दु राष्ट्रको पहिचान गुमाएकाले एकल र सिंगो नेपाललाई हिन्दु राष्ट्र घोषणा गर्नु बाहेकको विकल्प नदेखेर हामीले हिन्दु राष्ट्र पक्षमा उभिएका हौं, नेपाल हिन्दुराष्ट्र कायम भारत र चीन समेतले स्वागत गर्छ ।'
उनले संसारमै एक मात्र सिंगो हिन्दु राष्ट्र नेपाल रहेकाले पुनः हिन्दु राष्ट्र स्थापनार्थका निम्ति चरणबद्ध संघर्षको कार्यक्रम अन्तर्गतयात्रा गर्न लागेको बताए। यात्राको क्रममा अर्को अध्यक्ष डा.प्रकाशचन्द्र लोहनीले मन्दिरबाट हुँदै सुरु हुने यात्रा प्रमुख धार्मिकस्थल हुँदै लुम्बिनीसम्म पुग्ने जानकारी दिए ।
उनले नेपाललाई हिन्दु राष्ट्र स्थापनाका निम्ति संविधानअनुरुप स्थापनामा शान्तिपूर्ण चरणबद्ध धार्मिक यात्राको अभियान थालेको बताए । उनले भने, 'कांग्रेस तथा नेकपाको षड्यन्त्रले गर्दा हिन्दु राष्ट्र गुमाउनु पर्यो, हिन्दु धर्म र संस्कृतिक हाम्रो पहिचान थियो र छ त्यसैले हिन्दु धर्म राष्ट्रका गौरव पनि हो, त्यसैले अभियानमा राप्रपा संयुक्तले आफ्नो पहल थालेको हो ।'
एक फरक प्रसंगमा अध्यक्ष डा.लोहनीले भारतले ०५२ सालमै अतिक्रमण गरेको लिपुलेख र कालोपानी जमिन फिर्ता गर्नुपर्ने माग गरे । उनले भारतले नक्सामा पहिलो पटक सार्वजनिक गरेकाले विगत देखिहुँदै आएका प्रधानमन्त्रीकै लापरवाहीको कारण आजको दिनमा समस्या आएको बताए ।उनले भारतले नेपालको भूमी फिर्ता गर्नेमा विश्वस्त रहेको स्पष्ट समेत पारे ।