बंगलादेशका राष्ट्रपति पोखरामा : डुंगा सयरदेखि हिमाल दृश्यावलोकनसम्म
पोखरा : नेपाल भ्रमणमा रहेका बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद पोखरा आइपुगेका छन्। पोखराका विभिन्न पर्यटकीय क्षेत्रको अवलोकनका लागि उनी बिहीबार मध्यान्ह पोखरा आएका हुन् ।
पोखरा भ्रमणको क्रममा राष्ट्रपति हमिदले फेवाताललमा डुंगा चढ्नेछन्। त्यस्तै अन्नपूर्ण हिमाल, बेगनास र रुपातालको दृश्यावलोकनसमेत गर्ने कार्यक्रम छ।