कर्मचारीको अवकाश उमेर हद अब ६० वर्ष

कर्मचारीको अवकाश उमेर हद अब ६० वर्ष

काठमाडौं :  निजामती सेवा कर्मचारीको अवकास हुने उमेर हद ६० वर्ष कायम गरिएको छ। संसद्को राज्य व्यवस्था समितिको बिहीबारको बैठकले अवकासका लागि ६० वर्षे उमेर हद राख्‍ने निर्णय गरेको हो। संघीय निजामती सेवा ऐनको विधेयकमा यो प्रावधान राख्‍ने निर्णय गरेपछि उमेर हदको विवाद टुंगिएको हो। अब यो विधेयक संसदमा प्रस्तुत हुनेछ।

अवकाशका लागि ६० वर्ष उमेर हद भएपछि कर्मचारीको अवधि स्वत: दुई वर्ष थपिने भएको छ । हालसम्म कर्मचारीको अवकाशका लागि उमेरहद ५८ वर्ष थियो। २०४९ सम्म अवकाशका लागि उमेर हद  ६० वर्ष रहेकोमा यसलाई संशोधन गरेर ५८ वर्षमा झारिएको थियो। त्यो प्रावधानका कारण थुप्रै कर्मचारीले अवकाश पाएका थिए।  निजामती सेवामा करिब ९० हजार कर्मचारी छन्। 

राज्य व्यवस्था समितिका सदस्य डिला संग्रौलाले कर्मचारीको उमेर हदसम्बन्धी विवाद टुंगो लागेको बताइन्। उनले अन्‍नपूर्ण अनलाइनसँग भनिन्, 'अब कर्मचारीको अवकाश उमेर हद ६० वर्ष हुनेछ।'

सरकारी सेवामा रहेका अन्य कर्मचारीको अवकाश उमेर हद साठी रहेकोले एकरुपता ल्याउन साठी पुर्‍याइएको हो।  स्वास्थ्य सेवा तथा संसद सेवामा पनि अवकाशको उमेर हद पनि ६० वर्ष छ ।लोक सेवा आयोगले पनि कर्मचारीको अवकाश उमेर हद ६० वर्ष कायम गर्न पहिले नै सुझाव दिएको थियो।

नेपालमा औषत आयु बढेको र छिटो अवकाश हुँदा पेन्‍सन बोझ  राज्यलाई बढ्ने तर्क तथा सार्क मुलुकहरुको प्रचलनलाई समेत ध्यानमा राखेर अवकाशको उमेर हद बढाइएको हो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.