त्रिवि उपकुलपतिलाई नेविसंघको प्रश्‍न : चारवर्षे कार्ययोजना खोइ ?

त्रिवि उपकुलपतिलाई नेविसंघको प्रश्‍न : चारवर्षे कार्ययोजना खोइ ?

काठमाडौं : नेपाल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालयका उपकुलपतिसँग चार वर्षभित्रमा गर्ने कामको योजना सार्वजनिक गर्न माग गरेको छ ।

बिहीबार उपकुलपति प्रध्यापक डा. धर्मकान्त बास्कोटालाई ज्ञापनपत्र बुझाउँदै यस्तो माग गरेको हो । संघ विश्वविद्यालय इकाइका सभापति हरि आचार्यको नेतृत्वमा गएको टोलीले सात बुँदे ज्ञापनपत्र बुझाएको हो । उसले १५ दिनभित्रमा मार्गचित्र सार्वजनिक गर्न पनि माग गरेको छ ।

पछिल्लो समय विश्वविद्यालय परिसरमा असुरक्षा बढेको, विश्वविद्यालयको भौतिक सम्पत्तिको दुरुपयोग भएको लगायत विषयम पनि बास्कोटालाई ध्यानाकर्षण गराएको थियो ।

विद्यार्थीलाई क्रेडिट ट्रान्सफरको व्यवस्था गरिनुपर्ने, स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन गराउन पहल गर्नुपर्ने माग पनि नेविसंघले गरेको छ । ज्ञापनपत्र बुझ्दै उपकुलपति बास्कोटाले त्रिविका सरोकारवालासँग छलफल गरेर अघि बढ्ने बताएका थिए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.