भारतको विरोध गर्दै इटहरीका मेयर द्वारिकलाल सडकमा (भिडियाे)
इटहरी : भारतले दार्चुलाको नेपाली भूमि मिचेको भन्दै इटहरीमा विरोध भएको छ । नागरिक समाजको इटहरीको अगुवाईमा दर्जनौं संघसंस्थाका प्रतिनिधिले बिहीबार बिहानै मुख्य राजमार्गमा पुगेर विरोध जनाएका हुन् । विरोध कार्यक्रममा इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले भारतको हेपाहा प्रवृत्तिको विरोध गर्नुपर्ने बताए ।
त्यस्तै, नागरिक समाजका पूर्वअध्यक्ष कमलेश शर्मा पौडेलले भारतले असल छिमेकी व्यवहार प्रस्तुत नगर्दा सामान्य नागरिकलाई समस्या भइरहेको बताए ।