देहीमाडौं-गिरेगडा-पञ्चेश्वर सडकको स्तरोन्नति सुरु

देहीमाडौं-गिरेगडा-पञ्चेश्वर सडकको स्तरोन्नति सुरु

बैतडी : जिल्लाको तल्लोसोराड क्षेत्रलाई जोड्ने छोटो सडकको रूपमा चिनिएको देहीमाडौं-गिरेगडा-पञ्चेश्वर सडकको स्तरोन्नति सुरु भएको छ। ४० किलोमिटर ट्रयाक खोलिसकिएको सो सडकको १५ किलोमिटर स्तरोन्नति गर्नका लागि ठेक्का सम्झौता भई काम सुरु भएको हो। 

देहीमाडौं-गिरेगडा-पञ्चेश्वर सडक स्तरोन्नति गर्ने कार्यको सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधारमन्त्री पठानसिंह बोहराले बिहीबार शिलान्यास गरे। सडक स्तरोन्नतिको शिलान्यास गर्दै मन्त्री बोहराले सबै नागरिकलाई सडकको पहुँचमा पुर्याउन प्रदेश सरकार लागिपरेको बताए। 

‘विकास निर्माणको काममा सबै मिलेर अघि बढ्नुपर्ने बेला आएको छ’, उनले भने,‘हामी सबै ठाउँलाई सडक सञ्जालमा जोड्नका लागि प्रयास गरिरहेका छौँ। यसमा सबै नागरिकको सहयोग चाहिन्छ।’

देहीमाडौं-गिरेगडा-पञ्चेश्वर सडकको स्तरोन्नति गर्न चन्द्रा एण्ड वसन्ता जेभी ग्वाल्लेक निर्माण कम्पनीसँग ठेक्का सम्झौता भएको पूर्वाधार विकास कार्यालय बैतडीका प्रमुख जगतप्रसाद जोशीले बताए। 

२०६६ सालमा जर्मन सहयोग नियोगको आर्थिक सहयोगमा ट्रयाक ओपन गरिएको सो सडकको कालोपत्रे गर्ने कार्य सुरु भएपछि स्थानीयबासीहरु पनि खुसी भएका छन्। सडक स्तरोन्नति नहुँदा अहिलेसम्म विभिन्न समयमा भएका दुर्घटनामा १० जनाको ज्यान गइसकेको छ। 

सडक स्तरोन्नति गर्ने कार्यले सडक दुर्घटनाको जोखिम पनि कम हुने स्थानीयहरुले आशा गरेका छन्। 

सडक स्तरोन्नतिको शिलान्यासपछि सम्बोधन गर्दै सुदूरपश्चिमका भौतिक विकासमन्त्री पठानसिंह बोहरा। तस्बिर : भगीरथ अवस्थी


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.