खर्बुजा संग्रहालय

खर्बुजा संग्रहालय

गर्मी मौसममा पाइने एउटा स्वादिष्ट तथा विशिष्ट फल हो, खर्बुजा।  यो फल प्रायः सबैलाई मन पर्छ।  सायदै कोही होलान् जसलाई यो फल मन पर्र्दैन।  संसारमा भएका विभिन्न ठूलठूला संग्रहालयमध्ये एउटा संग्रहालय खर्बुजाको नाममा समर्पित छ।  हुन त फलकै नाममा संसारभरि अनौठा संग्रहालय नभएका भने होइनन्।  यसकारण पनि यो संग्रहालय विशेष छ कि यो संसारकै पहिलो र एक मात्र खर्बुजा संग्रहालय हो।  यो संग्रहालय चीनको राजधानी बेइजिङको दक्षिणतिर देसिंग जिले भन्ने ठाउँमा रहेको छ। 

खर्बुजा संग्रहालय यो फल मन पराउनेहरूका लागि विशेष कोसेली मान्न सकिन्छ।  यसमा धेरै प्रकारका खर्बुजा प्रदर्शन गरिएको छ।  साथै यस संग्रहालयमा खर्बुजाबाट तयार गरिएका विभिन्न खालका कलाकृति पनि सजाइएका छन्।  मानिसले खर्बुजासँगै खिचाएका धेरै तस्बिरहरूका साथै खर्बुजासँग जोडिएका विभिन्न परम्परा र संस्कृतिबारे ज्ञान प्राप्त गर्न सकिन्छ। 

खर्बुजा संग्रहालयमा बनेका खर्बुजा सोध संस्थानमा एक सय ७० प्रकारका खर्बुजा देख्न सकिन्छ।  साथै यो फलको इतिहास पनि थाहा पाउन सकिन्छ।  संग्रहालयमा यो फलको उत्पत्तिदेखि यसको वितरणसम्मको जानकारी दिने गरिन्छ।  दक्षिण अफ्रिकामा यसको उत्पत्ति भएको जानकारीदेखि अन्तरिक्षसम्म यो फललाई लिएर यात्रा गरेको जानकारी त्यहाँ पाउन सकिन्छ। 

अन्तरिक्षमा यात्रा गर्ने क्रममा चीनले एकपटक खर्बुजाको बिउ पनि पठाइएको थियो।  शून्य ठाउँमा खर्बुजाको उत्पादनमा कस्तो प्रभाव पर्ला ? भनी परीक्षणका लागि पठाइएको थियो। 

यस संग्रहालयमा प्रदर्शन गर्नका लागि राखिएका सबै खर्बुजाहरू मोमबाट बनाइएको छ।  किनभने वास्तविक खर्बुजा चाँडै नै कुहिन्छ।  यसलाई लामो समयसम्म राख्न सम्भव पनि हुँदैन।  मोमबाट बनेका ती खर्बुजा वास्तविक खर्बुजाजस्तै देखिन्छन्। 

यो संग्रहालयको एउटा अर्को महत्त्वपूर्ण विशेषता के हो भने संग्रहालयको आकार पनि खर्बुजा आकारको बनाइएको छ।  यहाँ आउने हरेक अवलोकनकर्तालाई खर्बुजाबारे जानकारी दिने पुस्तक पनि दिइने गरिन्छ। 

संग्रहालयको नजिकै ‘स्क्लप्चर पार्क’ मा खर्बुजा खाँदै गरेका मानिसको मूर्ति राखिएका छन्।  यो ‘रसिलो’ संग्रहालयको स्थापना गर्नुको अर्को कारण यो क्षेत्रमा खर्बुजा बढी मात्रमा उत्पादन हुनु हो।  यस म्युजियमको अवलोकन गर्नेहरूले खर्बुजाको इतिहासबारे जानकारी पाउनुका साथै अवलोकन गर्दागर्दै थकाइ र भोक महसुस भएमा आरम गर्दै बाहिर बसेर मन लागे जति खर्बुजा खान पाउँछन्। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.