बिमा साक्षरता आवश्यक
काठमाडौं : नेपालमा बिमाको इतिहास ७० वर्ष पुरानो छ। यसको सुरुवाती दिनमा नेपालमा बिमा कम्पनी थिएनन्। विदेशी बिमा कम्पनीका एजेन्टले बिमा पोलीसी बेच्ने गर्थे। बिमाको साक्षरतासँग खासै सरोकार राख्दैनथे।
२०२४ सालपछि नेपालमा बिमा व्यावसायिक रूपमा सञ्चालनमा आएको मानिन्छ। त्यतिबेला बिमा कम्पनीको काम गर्ने दायरा पनि सानो थियो। तर पनि नेपालको जेठो बिमा कम्पनी भनेर एउटा ‘ल्यान्ड मार्क’ चाँही रह्यो।
७० वर्षको अन्तरालमा बिमा व्यवसाय जति बढ्नु पर्ने हो, त्यति बढ्न सकेको छैन। सबै क्षेत्रमा बिमाको पहुँच नभएको बिमा विज्ञहरू बताउँछन्। बिमा विज्ञ भोजराज शर्माका अनुसार जनचेतनाको कमी, अत्यावश्यक पूर्वाधारको अभाव जस्ता कारण मुख्य छन्।
यातायातको पहुँच बढेसँगै बिमाको दायरा बिस्तार हुँदै गएको उनको भनाइ छ। बिमाबारे पहिले व्यवसायीबाहेक अरुलाई थाहा हुने अवस्था थिएन। ऋण लिँदा बिमा अनिवार्य भएकाले व्यवसायीले भने बिमा गर्नैपथ्र्यो। ‘खासगरी जीवन बिमामा जबसम्म स्वतःस्फूर्त आकर्षण जबसम्म बढ्दैन, तबसम्म बिमा साक्षरता बढेको मान्न सकिन्नँ’, उनले भने, ‘आकर्षण नबढ्नु भनेको मानिसलाई बिमा गर्नुपर्छ भन्ने बोध नहुनु पनि हो।’
विगतमा भौगोलिक कठिनाईले पनि बिमाको पहुँच बढ्नसक्ने अवस्था थिएन। अब भने यातायातको सुलभ पहुँच छ। बिमा कम्पनीले पनि सहरमा मात्र केन्द्रित नभएर अर्धसहरी र ग्रामीण क्षेत्रमा पनि शाखा विस्तार गरेर सेवा दिइरहेका छन्।
‘विगतमा अधिकांश बिमा अभिकर्तासमेत सहर केन्द्रित बन्दा बाहिर अपर्याप्त नै थियो’, शर्मा भन्छन्।
निर्जीवन बिमामा क्रमशः पहुँच बढ्दै गएको छ। विशेषगरी कृषिमा बिमाको आकर्षण बढ्दो छ। पछिल्लो ७÷८ वर्षदेखि यो देखिन्छ। बालीनाली र पशुपंक्षीमा बढी जोखिम हुने भएकाले कृषि बिमाको आकर्षण बढी देखिएको शर्मा बताउँछन्।
२०७० सालमा सरकारले यसको महत्त्व बुझ्यो। तत्कालीन अवस्थामा सरकारको तर्फबाट प्रिमियममा ५० प्रतिशत अनुदानको व्यवस्था गर्यो। त्यसले प्रोत्साहन गर्यो। त्यसलाई बढाउँदै अहिले बिमा प्रिमियममा ७५ प्रतिशतसम्म अनुदान पुर्याइएको छ। यसले गर्दा कृषि बिमा गाउँ गाउँमा पुग्यो। त्यसकारण बिमा पहुँचका लागि प्रोत्साहन पनि त्यत्तिकै जरुरी देखिन्छ।
बिमा साक्षर कति ?
अहिलेसम्म बिमा साक्षर कति पुगे भन्ने सर्वेक्षण भएको छैन। यद्यपि बिमाको पहुँचमा पुग्ने व्यक्तिको संख्या बढ्दै गएको छ। तीन वर्षअघि ८ प्रतिशत जनसंख्यामा मात्र बिमाको पहुँच पुगेको थियो भने अहिले झन्डै २५ प्रतिशत पुगेको शर्माले जानकारी दिए।
निर्जीवन बिमाको पहुँच मापन गर्ने कुनै सिद्ध विधि छैन। कुल गार्हस्थ उत्पादनसँग दाँजेर हेर्ने हो भने १ प्रतिशतभन्दा उकालो लागेको छ। बिमा क्षेत्रको नियामक बिमा समितिले विज्ञापन तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको छ। सातै प्रदेशमा तल्लो एकाईसम्म पुगेर अन्तक्र्रिया गरिरहेको छ।
सरकारको प्रमुख दायित्व नागरिकको सुरक्षण पनि हो। स्थानीय जनप्रतिनिधिलगायतलाई उक्त दायित्व बोध गराएर बिमाको सचेतना जगाउने काम भइरहेको शर्मा बताउँछन्।
सामुदायिक विद्यालयमा पनि जाने गरेको छ। विद्यार्थीमा बिमाको सचेतना जगाउनु आवश्यक रहेको शर्माको भनाइ छ। ‘उनीहरू साक्षर भए भने त्यसको प्रभाव अभिभावकमा पर्छ। विद्यार्थीले ‘हामी घरबारविहीन भयोै भने को जिम्मेवार हुन्छ ? ’ भनेर अभिभावकसँग प्रश्न गर्नसक्छ। यसले अभिभावकमाथि नैतिक दबाब पर्छ’, उनी भन्छन्।
स्कुल तथा विश्वविद्यालयका पाठ्यक्रममा पनि यसलाई समावेश गर्नुपर्ने उनको भनाइ छ। बालबालिकालाई रुचि बढाउने किसिमका कथा, कवितामा समेत बिमाको उपयोगिताका विषय समावेश गर्न सकिन्छ।
नेपालमा ननलाइफ २०, लाइफका १९ कम्पनी छन्। एउटा पुनर्बिमा कम्पनी छ। बिमा गर्ने व्यक्तिले दुई वटा विषयमा ध्यान पुर्याउँछ। एउटा उसले पाउने प्रतिफल र अर्काे जोखिम व्यवस्थापन।
बिमामा दुई किसिमले फाइदा हुने भयो। भोलि बुढेसकाललाई जुगाड पनि होस्। मृत्यु भए पनि सुरक्षित हुने भयो।
बैंक र बिमामा दुई थरी भिन्नता छ। बैंकलाई इन्फ्लेसनले प्रभाव पार्छ। बिमामा त्यो जोखिम हुन्न। यहाँ इन्फ्लेटेड रकम तिर्नुपर्ने हुन्छ। आजका लागि इन्फ्लेसनले धक्का दिन्छ। भोलिको दिनमा इन्फ्लेटेड मनीले कभर गर्छ।
सुरक्षा र लगानीको तत्व बिमामा हुने भएकाले बिमा उपयोगी विषय हो। बिमा साक्षरताको अभावमा बिमा गर्ने व्यक्ति डुब्ने सम्भावना हुन्छ। बिमाको प्रडक्ट बिक्री गर्न जानेले गलत काम पनि गरिरहेका हुन्छन्। सही पोलिसी रिकमेन्डेसेन नहुनु नै बिमा गर्ने व्यक्तिलाई हानीको कारण बन्न पुग्छ। त्यसैले बिमा साक्षरता निकै महŒवपूर्ण छ।
सकेसम्म ठूलो रकमको बिमा गराउने प्रवृत्ति खतरनाक छ। व्यक्तिको आयस्रोतले बिमाको कुन प्रडक्ट लिने भन्ने विषय निर्धारण गर्नुपर्छ। तपाइँको आयस्रोतको कति प्रतिशत बिमाका लागि छुट्याउनुपर्छ भन्ने विषय ख्याल गर्नुपर्ने हुन्छ। जीवन निर्वाह पनि गर्नुपर्यो। बचतको पाटोमा बिमा जोडिने न हो।
कसरी छान्ने पोलिसी ?
तपाइँलाई जति बिमा कभरको आवश्यकता छ ? पहिला यो प्रश्नको जवाफ खोज्नुहोस्। यसका लागि क्यालकुलेटरको सहयोग पनि लिन सकिन्छ। बिमा पोलिसी सामान्यतयाः क्षतिपूर्ति सिद्धान्तमा आधारित छ।
त्यसैले यसमा लगानी वा नाफाभन्दा जोखिको क्षतिपूर्तिको हिसाबले मूल्यांकन गर्नु उचित हुन्छ। सामान्यतयाः आम्दानीको न्यूनतम् १० गुणा बढी जीवन बिमा कभर चाहिने मान्यता छ।
कुनै पनि कम्पनीको पोलिसी किन्ने बेलामा क्लेम रेसियो हेर्नुपर्ने हुन्छ। वित्तीय सल्लाहकारका अनुसार यदि टर्म प्लान किन्दै हुनुहुन्छ भने कम्पनीको क्लेम रेसियो ९५ प्रतिशतसम्म हुनुपर्छ।
कुनै कम्पनीको क्लेम रेसियो प्रिमियमको हिसाबले महँगो पनि हुनसक्छ। त्यसैले आफ्नो बजेट र बिमा कभर अनुसार नै कम्पनीको पोलिसी किन्नुपर्ने हुन्छ।
बिमा कम्पनीले पनि बैंकले जस्तै हरेक तीन÷तीन महिनामा वित्तीय विवरण प्रकाशित गर्छन्। त्यसबाहेक वार्षिकरूपमा वित्तीय प्रतिवेदन सार्वजनिक गर्ने गर्छन्। बैंकभन्दा फरक प्रकृतिको व्यवसाय गर्ने यी संस्थाको वित्तीय विवरण बुझ्न केही जटिल मानिन्छ। बिमा कम्पनीबीच केही हदसम्म वित्तीय विवरणमा एकरुपता भए पनि कहिले काँही उनीले अपनाउने फरक प्रस्तुतिले वित्तीय विवरण बुझ्न झन् कठिन हुने गरेको छ।
जीवन बिमा कम्पनीले नाफा नोक्सान हिसाब र एकीकृत आयव्यय हिसाब दुई वटा देखाउने गर्छन्। एकीकृत आयव्यय हिसाबमा बिमा शुल्क, लगानी वा कर्जाबाट भएको आम्दानीबाट दाबी भुक्तानी, आयकरलगायत खर्च कटाएपछि हुने रकमलाई जीवन बिमा कम्पनीले बचत भनेर उल्लेख गर्छन्। यो बचतबाट केही रकम नाफा नोक्सान हिसाब खातामा र बढी रकम जीवन बिमा कोषमा सारिन्छ।
जीवन बिमा कम्पनीले बिमा गर्ने व्यक्तिको मृत्यु नभए पनि बिमा अवधि सकिएपछि भुक्तानी दिनुपर्ने हुन्छ। यसका लागि बचतबाट धेरै रकम जीवन बिमा कोषमा राखिन्छ। पछि कम्पनीको एक्चुअरी मूल्यांकन भएर दायित्वभन्दा बढी रकम देखिए त्यो रकमलाई ९ः१ अनुपातमा विभाजन गरिन्छ। यसमध्ये १ अनुपातमा हुने रकमलाई कम्पनीले नाफामा देखाउन पाउँछन् भने ९ अनुपातको रकम बिमा गर्ने (बिमितले) पाउने बोनस दर तोक्न प्रयोग गरिन्छ। त्यसैले बचत तथा जीवन बिमा कोषको आकार पनि याद गर्नुपर्छ।