विप्लवका जाजरकोट इन्चार्ज बाँकेमा पक्राउ

विप्लवका जाजरकोट इन्चार्ज बाँकेमा पक्राउ

नेपालगन्ज : नेकपा (विप्लव समूह) का जाजरकोट जिल्ला इन्चार्ज प्रेमप्रकाश वली बाँकेमा पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय कोहलपुरले बिहीबार राति साढे ११ बजेतिर कोहलपुर–२ मा लुकेर बसेको अवस्थामा वलीलाई नियन्त्रणमा लिइएको हो । 

इप्रकाले शुक्रबार जारी गरेको विज्ञप्तीमा वली जाजरकोटका विभिन्न एनसेल टावरमा आगजनी, तोडफोड, जबरजस्ती चन्दा असुली सम्बन्धी कसुरमा जिल्ला प्रहरी कार्यालय जाजरकोटको मुद्दाका फरार सूचीको व्यक्ति भएको जनाइएको छ । 
 

इप्रका कोहलपुरको प्रेस विज्ञप्ती 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.