सीमा सुरक्षाको विषयमा सरकारसँग सर्वोच्चले माग्यो कारण
काठमाडौं : सर्वोच्च अदालतले सीमा सुरक्षाको विषयमा दायर रिटमाथि सुनुवाइ गर्दै कारण माग गरेको छ।
कालापानी, लिम्पियाधुरा र लिपुलेक नेपालकै भूमी भएको दाबीसहित अधिक्ता कञ्चनकृष्ण न्यौपाने र सीमा अभियान्ता फडिन्द्र नेपालले भिन्दाभिन्दै रिट दायर गरेका थिए।
उक्त रिटमा सुनुवाइपछि प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणको एकल इजलासले सरकारसँग सीमा सुरक्षाका विषयमा कारण माग गर्दै उक्त रिटलाई छिटो निष्कर्षमा पुर्याउन अग्राधिकारसमेत दिएको छ।
सर्वोच्चले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृहमन्त्रालय, रक्षा मन्त्रालय, परराष्ट्र मन्त्रालय र नापी विभागसँग १५ दिनभित्र सीमा सुरक्षाको विषयमा लिखित कारण पेश गर्न आदेश दिएको छ।