तरुण दलले बनायो निर्वाचन परिचालन समिति

तरुण दलले बनायो निर्वाचन परिचालन समिति

काठमाडौं : उपनिर्वाचनलाई लक्षित गरेर नेपाल तरुण दलले निर्वाचन परिचालन समिति र केन्द्रीय अनुगमन समिति गठन गरेको छ। नेपाली कांग्रेसको भ्रातृसंस्था तरुणले उपनिर्वाचनमा युवा परिचालनका लागि छुट्टाछुट्टै समिति गठन गरेको हो।

तरुण दलको शुक्रबार बसेको बैठकले उपाध्यक्ष उत्तमकुमार चापागाईंको संयोजकत्वमा केन्द्रीय निर्वाचन परिचालन समिति गठन गरेको छ भने कोषाध्यक्ष विद्वान गुरुङको संयोजकत्वमा केन्द्रीय अनुगमन समिति गठन भएको अध्यक्ष जीतजंग बस्नेतले जानकारी दिए।

निर्वाचन परिचालन समितिमा उपनिर्वाचन हुने ३७ जिल्लाका तरुण दलका जिल्ला अध्यक्ष सदस्य रहने जनाइएको छ। त्यस्तै उपनिर्वाचन हुने प्रतिनिधिसभा, प्रदेशसभा, उपमहानगरपालिकाका प्रमुख गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र वडाध्यक्ष रहेको जिल्लाका तरुण दलका जिल्ला अध्यक्षलाई निर्वाचन परिचालन समितिको संयोजक तोकिएको छ। 

तरुण दल अध्यक्ष बस्नेतले पार्टीसँग समन्वय गरेर उपनिर्वाचनमा खटिन सबै तरुण दल आवद्ध नेता कार्यकर्तालाई निर्देशन दिए। ‘पार्टीका पक्षमा चुनावी माहोल बनाउन र निर्वाचन प्रचारप्रसारमा लाग्न सबै जिल्ला कार्यसमितिलाई निर्देशन दिइसकिएको छ,’ उनले भने, ‘यो उपनिर्वाचन अधिनायवादी सरकारविरुद्धको जनमत पनि हो।’ 

उनले सरकार एकपछि अर्काे गरी ठूला–ठूला काण्डमा फस्दै गएको भन्दै जनताको समर्थन कांग्रेसप्रति रहने विश्वास व्यक्त गरे। माउ पार्टी कांग्रेसले केन्द्रीय सदस्य रमेश लेखकको संयोजकत्वमा केन्द्रीय निर्वाचन अनुगमन समिति गठन गरिसकेको छ।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.