दुईमाजु मन्दिरका पसल हटे

दुईमाजु मन्दिरका पसल हटे

काठमाडौं : दुईमाजु मन्दिर परिसरमा बनाइएका अवैध पसल हटाइएको छ। गुठी संस्थान, काठमाडौं महानगरपालिका र सम्पदा अभियान्ताको संयुक्त प्रयासमा पसल हटाइएको हो। पसल हटाएसंगै उक्त क्षेत्रमा व्यावसाय संचालन गर्न नदिन तालाबन्दी गरिएको छ।

गुठी संस्थान शाखा कार्यालय काठमाडौंका प्रमुख शैलेन्द्र पौडेलले अस्थायी संरचनामा ताला लगाएका हुन्। त्यहाँ १७ पसल सञ्चालित थिए। शुक्रबार बिहान ११ बजेदेखि नै अनाधिकृत रूपमा सञ्चालन हुँदै आएका पसल हटाउन अभियान्ताहरु खुल्लामञ्चमा रहेको अस्थायी बसपार्क पुगेका थिए। मन्दिर परिसरमा तालाबन्दी भएपछि त्यहाँ व्यावसाय गर्दै आएकाहरूले क्षतिपूर्तिको माग गरेका छन्।

सबै प्रक्रिया पुर्‍याएर व्यावसाय गरेको भन्दै उनीहरूले जिल्ला अदालतमा अमृता भट्टराईविरुद्ध मुद्दा दायर गरेका छन्। पसल हटाए पनि अदालतको फैसला नआएसम्म संरचना यथावत राख्ने काठमाडौं महानगरकी अनुगमन समिति प्रमुख तथा उप–मेयर हरिप्रभा खड्गीले बताइन्। ‘व्यावसायीलाई परेको मर्का हामीले बुझेका छौं’, उपमेयर खड्गीले भनिन्, ‘क्षतिपूर्ति दिलाउन सम्बन्धित वडाले मद्दत गर्नेछ।’

संस्थानका प्रमुख पौडेलले अदालतको फैसला अुनसार अघि बढ्ने बताए। ‘अदालतले संरचना र पसल राख्न आदेश दिएमा हामीले रोक्न मिल्दैन,’ पौडेलले भने, ‘त्यसबेलासम्मका लागि पसल मात्र हटाएका हौं।’ गुठीसंस्थान, महानगरपालिका, २८ वडा, व्यावसायी र अभियान्ताहरूको आपसी सहमतिमा मन्दिर परिसरमा रहेका पसल तत्कालका लागि हटाइएको हो।अदालतको फैसला नआएसम्म साँचो गुठीले जिम्मा लिने भएको छ। मन्दिर परिसरमा रहेका व्यावसायीका सबै सामग्रीको मुचुल्का राख्ने काम पनि भएको छ। कात्तिक ६ गते गुठी संस्थानले दुईमाजु परिसरमा पसल राख्ने सम्झौता खारेज गरेको थियो। मन्दिर परिसरमा सरसफाइ गर्ने जिम्मेवारी पाएकी अमृता भट्टराईले सम्झौता खारेज गर्न तिहारअघि नै गुठी संस्थानमा निवदेन दर्ता गराएकी थिइन्।

कार्यव्यस्थता र अन्य विभिन्न समस्याका कारण सम्झौता अनुसार जिम्मेवारी वहन गर्न नसकेको भट्टराईको निवेदनमा उल्लेख छ। गुठी संस्थानबाट पसल राख्न गोरखा भिमसेन गाउँपालिका तान्द्राङ –७ की अमृता भट्टराईलाई पाँच वर्षको अनुमति दिएको थियो। ०७५ मंसिर २१ मा काठमाडौं महानगर–२८ अन्तर्गत उक्त मन्दिर परिसरको खाली जग्गामा व्यावसाय गर्न भन्दै गुठी संस्थानबाट सम्झौता भएको हो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.