थवाङका स्वतन्त्र उम्मेदवारको मनोनयन फिर्ता

थवाङका स्वतन्त्र उम्मेदवारको मनोनयन फिर्ता

रोल्पा : रोल्पाको थबाङ गाउँपालिका–१ का वडाध्यक्ष पदका लागि उम्मेदवारी दिएका स्वतन्त्र उम्मेदवार भद्रकुमार झाँक्रीले उमेदवारी  फिर्ता लिएका छन्। शनिबार उनले उम्मेद्वारी फिर्ता लिएका हुन्।

नेकपाका उमेदवार जनकबहादुर बुढा  र कांग्रेसका उमेदवार कलम रोकाले उनलाई समर्थन गर्ने सहमतिका लागि प्रयास विफल भएपछि उनले उम्मेदवारी फिर्ता लिएका हुन्। 

वडासदस्य पदबाट राजीनामा दिएर झाँक्रीले अध्यक्षमा उमेदवारी दिएका थिए। वडा सदस्य पदबाट राजीनामा वडा अध्यक्षमा उम्मेदवारी दिएका झाँक्रीले बुधबार वडा अध्यक्ष पदका लागि मनोनयन दर्ता गराएका थिए। 

झाँक्रीले गाउँपालिका अध्यक्ष समक्ष मंगलबार राजीनामा दिएका थिए। गाउँपालिका अध्यक्ष वीरबहादुर घर्तीले राजीनामा स्वीकृत गरेपछि अध्यक्ष पदका लागि उनको मनोनयन दर्ता भएको थियो। 

२०७४ को स्थानीय तहको चुनावमा स्वतन्त्रबाट सदस्य झाँक्रीले पुनः स्वतन्त्रबाटै उम्मेदवारी दर्ता गराएका थिए। सबै भन्दा पहिला स्वतन्त्रबाट मनोनयन दर्ता गराएका झाँक्रीले उम्मेदवारी फिर्ता लिएका हुन्। 

अध्यक्ष पदका लागि सत्ताधारी नेकपाका तर्फबाट जनकबहादुर बुढामगर र नेपाली कांग्रेसका कलम रोकाले मनोनयन दर्ता गराएका छन्। 

वडाअध्यक्ष फर्कबहादुर बुढाको मस्तिष्कघातले असार ६ गते निधन भएपछि झाँक्री कार्यबहाहक अध्यक्ष बनेका थिए। ‘स्वतन्त्रबाट विजयी तीन सदस्यको सल्लाह बमोजिम सदस्यबाट राजीनामा दिएर वडा अध्यक्षमा उम्मेदवारी दिएका झाँक्रीले उम्मेदवारी फिर्ता लिएपछि थवाङ चुनावले नयाँ मोड लिएको छ। 
 
झाँक्रीलाई निर्विरोध निर्वाचित गराउने विषयमा सहमतिको प्रयास असफल भएपछि उनले उम्मेदवारी फिर्ता लिएका हुन्। 

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले स्थानीय तहको चुनावमा भाग नलिने नीति लिएका बेला थबाङीले स्वतन्त्रबाट चुनावमा भाग लिएका थिए। 

नेपाली कांग्रेससँग गठबन्धन गरी चुनावमा भाग लिएका बेला १ नम्बर वडामा स्वतन्त्र प्यानल नै विजयी भएको थियो। ५ वडा रहेको थबाङ गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष र चार वडामा तत्कालीन माओवादी केन्द्र प्यानल नै विजयी भएको थियो। 

विप्लव नेतृत्वको नेकपाको चुनावमा भाग नलिने नीतिविरुद्ध थबाङी कार्यकर्ताले चुनावमा भाग लिएको भन्दै पार्टीले कारबाहीसमेत गरेको थियो। विप्लव नेकपाको नीति बमोजिम नभई थबाङको सापेक्षतामा पुनःस्वतन्त्र उमेदवारी दिएको झाँक्रीको दाबी गरेका थिए। 

२०७४ को चुनावमा स्वतन्त्रबाट झाँक्री ३ सय ५८ मतसहित विजयी भएका थिए। पूर्वमाओवादी केन्द्रका चयन पुनमगर दुई सय ५६ मतसहित पराजित भएका थिए। 

विगतको मत परिणामलाई आधार मान्ने हो भने १ नम्बर वडामा स्वतन्त्र मत बलियो देखिन्छ। १ नम्बर वडामा महिला ६ सय ९१ र पुरुष ५ सय ८३ गरी १ हजार २ सय ७४ मतदाता रहेको निर्वाचन कार्यालयले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.