युवालाई आचरण सुधार्न नेकपाको निर्देशन

युवालाई आचरण सुधार्न नेकपाको निर्देशन

काठमाडौं : सत्तारुढ दल नेकपाका शीर्ष नेताहरुले पार्टीका युवा संगठनका नेता–कार्यकर्तालाई आचरण सुधार्न निर्देशन गरेका छन्। युवाहरु पछिल्लो समयमा असमाजिक वन्दै जाने, श्रममा विश्वास नगर्ने र कुलतमा फस्दै जान थालेकोमा चिन्ता ब्यक्त गदै नेताहरुले सामाजिक आचार ब्यहार अवलम्वन गर्न निर्देशन गरेका हुन्।

नेकपाको युवा संगठन राष्ट्रिय युवा संघको सपथ ग्रहण तथा केन्द्रीय समितिको वैठकलाई सम्वोधन गदै वरिष्ठ नेता माधव नेपाल, प्रस्तावित उपाध्यक्ष तथा सचिवालय सदस्य वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले कम्यु्निष्ट पार्टीको सदस्यले पहिले आफुलाई खरो अनुशासन पद्दतीमा ढाल्नु पर्ने वताएका हुन्।

वरिष्ठ नेता नेपालले युवाहरुले पार्टी नेतृत्वलाई घचघचाउनु पर्ने र नेतृत्व विकासमा जोड दिनुपर्ने वताएका थिए। उनले युवाहरुमा देखिन थालेको असमाजिक चरित्रलाई वदलेर सामाजिक उतरदायित्वपूर्ण जिम्मेवारीमा खटिन निर्देशन गरेका थिए।

सचिवालय सदस्य गौतमले आचरण सुधार आफ्नै घरवाट गर्नुपर्ने वर्ता। उनले भने,–‘पहिलो आचरण सुधार हाम्रो प्राथमिकतामा हुनुपर्छ। पहिले आफ्नै घरवाट सुधार गर्नुहोस, घरमा छुवाछुत छ भने तपाईलाई युवा संघको सदस्य वन्न दिँदैन। जाड –रक्सी खानुहुन्छ भने आजैवाट छोड्न्ुहोस, खानेलाई पनि सम्झाउनुहोस। ’

उनले युवाहरु समृद्दिका वाहक भएको भन्दै युवाहरुले चाहेमा र राम्रो काम गरेमा देश विकास तिव्र गतिमा हुने वताए।

‘हामी जनताको मताधिकारवाटै समाजवादमा पुगेर देखाउन चाहिरहेका छौं। ५ वर्षमा हामीले राम्रो काम गर्न पायौं भने ५ वर्षमा भारतलाई आर्थिक वृद्दिदरका रुपमा छुन्छौं, १० वर्षमा चीनलाई छुन्छौं। तर त्यसका लागि हामी आफैले पहिले आफ्नो घरवाटै सुधारको काम गर्न जरुरी छ। ’ नेता गौतमले भने।

उनले आगामी २ वर्षमा कम्युनिष्ट पार्टीको सदस्यता ३२ लाख पु¥याउने महत्वाकाक्षी योजना समेत वनाएर युवाहरुलाई कार्यक्षेत्रमा खटिन निर्देशन गरे। उनले भने, ‘हामीसाग अहिले एकतापछि झण्डै ८, ९ लाख पार्टी सदस्यहरु होलान्, त्यो संख्या हामीले २ वर्षभित्र ३२ लाख सम्म पार्टी सदस्य वनाउने लक्ष्य लिएर हिडनुपर्छ। १ जनाले ४ जनासम्म पार्टी सदस्य वनाउने अभियानमा जुट्नुस्।’

पार्टी शीर्ष नेताहरुको निर्दशेन सागै राष्टिय युवा संघले पनि आगामी कार्ययोजनामा सामाजिक उत्तरदायित्व तथा श्रम कार्यक्रम वनाएरै संगठनका नेता कार्यकर्ता परिचालनको नीति वनाउन लागिएको संयोजक रामप्रसाद सापकोटा दीपशिखाले वताए।

उनले भने,– ‘संगठनले समाजिक उत्तरदायित्वको प्रश्नलाई प्रधान प्रश्नको रुपमा लिनेछ। यसमा मुलत दुई नीति अख्तियार गरिन गरी कार्यक्रम तय गरेका छौं। पहिलो संस्थागतरुपमा निर्वाहा गरिने उत्तरदायित्व, र दो श्रो व्यक्तिगत (संगठनका सदस्यहरुले) रुपमा निर्वाहा गर्ने उत्तरदायित्व।’

संगठनका सवै नेता कार्यकर्ता एक दिन जन श्रममा जोडने गरी कार्यक्रम पनि तय गरिएको उनले वताए।

आइतबार सम्म चल्ने राष्टिय युवा संघको केन्द्रीय समितिको वैठकमा अध्यक्षद्दय प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहालले पनि युवा नेताहरुलाई प्रशिक्षात्मक निर्देशन दिने कार्यक्रम रहेको नेताहरुले वताएका छन्। ओली–दाहालले आज (आइतबार) वैठकलाई सम्वोधन गदैछन्।


००००


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.