युवा संघको दृष्टि : तरुण ‘दलाल पुँजीपति’, राप्रपा ‘साम्प्रदायिक’, मधेसी युवा ‘अखण्डता विरोधी’

युवा संघको दृष्टि : तरुण ‘दलाल पुँजीपति’, राप्रपा ‘साम्प्रदायिक’, मधेसी युवा ‘अखण्डता विरोधी’

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले प्रथम राष्ट्रिय भेलामा दृष्टिकोणसहितको कार्यपत्र पेश गरेको छ। तत्कालीन एमाले निकट युवा संघ र माओवादी निकट वाईसीएलको एकता प्रक्रिया टुंगिएपछि आयोजित प्रथम राष्ट्रिय एकता भेलामा संघका संयोजक रामप्रसाद सापकोटा ‘दीपशिखा’ले कार्यपत्र पेश गरेका हुन्। 

बैठकमा पेश भएको कार्यपत्रमा अन्य पार्टीका युवा संगठनप्रति राष्ट्रिय युवा संघको दृष्टिकोण समेटिएको छ। संघले नेपाली कांग्रेसको युवा संगठन तरुण दल, नेपाल मजदुर किसान पार्टी निकट नेपाल क्रान्तिकारी युवा संघ, राष्ट्रिय प्रजातन्त्र पार्टीको राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन, समाजवादी युवा संघ र अखिल नेपाल जनवादी युवा लिगबारे टिप्पणी गरिएको छ।

युवा संघले तरुण दललाई यथास्थतीवादी, दक्षिणपन्थी, दलाल पुँजीपति वर्गको सेवा गर्ने र स्वयंमा समाजका पुँजीपति, दलाल नोकरशाही वर्गको प्रतिनिधित्व गर्ने संगठन भएको ठहर गरेको छ। 

‘तरुण दल पुँजीवादी, साम्राज्यवादीको सेवा गर्ने र गरिब, मजदुर, किसान सर्वहारा वर्गको शोषण गर्ने कार्यक्रमलाई अवलम्बन गर्ने गरेको छ’,कार्यपत्रमा भनिएको छ,‘यथास्थितीवादी, दक्षिणपन्थी, दलाल पुँजिपति वर्गको सेवा गर्ने र स्वयंमा समाजका पुँजीपति, दलाल नोकरशाही वर्गको प्रतिनिधित्व गर्ने भएकाले यसले नेपालको प्रगतिशिल परिवर्तन र अग्रमनको मुद्दा बोक्न  सक्दैन।’

त्यस्तै नेमकिपा निकट नेपाल क्रान्तिकारी युवा संघलाई आफूसँग विचार मिल्ने संगठन भनिएको छ। ‘वैचारिक रुपमा शत्रु संगठन होइन माक्र्सवाद, लेनिनवाद र माओसेप्तुङ विचारधारालाई मार्गदर्शक सिद्धान्त मान्ने यो संगठनको जडसुत्रवादी चिन्तन मुल समस्या हो’, कार्यपत्रमा भनिएको छ। 

मधेस केन्द्रीत दलका युवा संगठन राष्ट्रिय युवा संघ र समाजवादी युवा संघलाई कार्यपत्रमा केन्द्रमा प्रभावकारी भूमिका खेल्न नसक्ने ठहर गरिएको छ। ‘यिनको माउ पार्टीको प्रभाव पनि प्रदेश–२ मै रहेको छ। केन्द्रीय राजनीतिमा यी संगठनले प्रभावकारी भूमिका खेल्दैनन्’, कार्यपत्रमा भनिएको छ,‘ क्षेत्रीयतावादी दृष्टिकोण, निती कार्यक्रम बोक्ने भएकाले दीर्घकालमा देशको एकता र राष्ट्रिय अखण्डतामा समस्या उत्पन्न हुन सक्छ।’ 

त्यस्तै कार्यपत्रमा राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक युवक संगठनको सक्रियताले राजनीतिक तथा सामाजिक रुपमा खासै अर्थ नराख्ने उल्लेख गरिएको छ। यहाँ भनिएको छ,‘यो संगठनले प्रतिगमन, प्रतिक्रान्ति र धार्मिक साम्प्रदायिकताको एजेण्डा बोक्छ। यी बाहेक अभियानका नाममा साना झुण्ड र व्यक्ति पनि सडकमा देखिने गरेका छन्। यसको राजनीतिक तथा सामाजिक रुपमा खासै अर्थ छैन।’  

मोहन वैद्य नेतृत्वको पार्टीको अखिल नेपाल जनवादी युवा लिग नेपाललाई कार्यपत्रमा रुड र जड प्रवृतिको प्रतिनिधित्व संगठन भनिएको छ। ‘आफूलाई कम्युनिस्ट विचारधाराको बताए पनि यो रुड र जड प्रवृतिको प्रतिनिधित्व गर्छ’, भनिएको छ,‘नेपालको संघीयता विरोधी शक्ति भएकाले यसलाई संविधान विरोधी शक्तिमा रुपमासमेत बुझ्न सकिन्छ।’

  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.